• परिवार र सम्बन्ध-बिच्छेदका बिषयमा बोले मनोज गजुरेल

    ३० मंसिर २०७७, मंगलवार


    कोरोना संक्रमणबाट बाँचेर फर्केका कलाकार, हास्य-ब्यंगकर्मी मनोज गजुरेलले आफ्ना जिवनमा आईपरेका उतार चढावका बिषयमा मुख खोलेका छन् । बिगत केही बर्ष यता श्रीमती मिना ढकाल संगको पारपाचुके पश्चात एकल जिवन बिताउदै आएका गजुरेलले बैवाहिक जिवन र आगामी योजनाका बिषयमा आएका जनताको प्रतिकृया प्रति केन्द्रीत रहेर आफुले भोगका बिषयमा बोलेका हुन् ।
    उनले कानुनन् सम्बन्ध बिच्छेद गरेकी पत्नी र उनका बिषयमा सामाजिक संजालमा लेखेका छन् ः


    प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु !

    सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
    १: झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
    २: सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु ।
    ३: अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
    ४: युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु, म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जोडेर कसैसँग अन्तर्वार्ताु लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
    ५. यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏

    फेसबुक प्रतिक्रिया