• सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको देशभर प्रदर्शन

    २९ मंसिर २०७७, सोमबार

    सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभरप्रदर्शन गरेको छ ।
    बिभिन्न जिल्लामा प्रदर्शन गर्दै नगरको विभिन्न भागको परिक्रमा पछि जुलुस विरोध सभामा परिणत भएको थियो ।

    बिभिन्न जिल्लामा विरोधसभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले कम्युनिष्टको नाममा दम्भी, अत्याचारी र भ्रष्ट सरकार बनेको बताए । कम्युनिस्ट सरकारले लोकतन्त्र खतरामा पार्न लागेको भन्दै उनीहरुले त्यसको विरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । कोरोना महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनीहरुको आरोप थियो । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे ।

    पार्टी सभापति शेरबहादुर देउवा भने बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भएका थिए । महामन्त्री डा। शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए ।

    कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

    देशका बिभिन्न भागका भएका प्रदर्शनका झलकहरुः

    भोजपुर
    अछाम
    बैतडी
    महेन्द्रनगर
    धनगढी
    हेटौडामा संबोधन गर्दै कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्मा
    भक्तपुर
    काठमाण्डौं
    फेसबुक प्रतिक्रिया