• अभिनेत्री श्वेता खड्काले कसिन् विजयेन्द्र सिंह रावतसँग लगनगाँठो

    २२ मंसिर २०७७, सोमबार

    अभिनेत्री श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् ।

    उनले सोमवार धनगढीका रावतसँग बिहे गरेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।

    उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । नजिकका नातेदारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया