• गाडीमा आगजनी गर्न आएका युवाहरुबाट बल्ल जोगिएँः उपमेयर मीना उप्रेती, मेचीनगर नगरपालिका

    १८ मंसिर २०७७, बिहीबार

    ‘हामी चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा दुई जना युवाहरुले बाईक रोकेर सडक अवरुद्ध पारे मैले के गर्न खोजेको भनेपछी उनिहरुले आज देशव्यापीरुपमा सरकारी गाडी जलाउने कार्यक्रम भएको बताए, उनिहरुले गाडीबाट उत्रन भनेपछी मैले सरकारी गाडी जलाउन दिन्न भनेँ । त्यसपछी मान्छे सहित नै जलाउने नियतले उनिहरुले सलाई निकाल्न लागेपछी जसोतसो उम्केर भाग्न सफल भयौं’ । ‘पानीको बोतलमा पेट्रोल ल्याएका रहेछन् । मभित्र थिएँ । पेट्रोल छर्किएर सलाई कोर्दा कोर्दै उम्किएँ ।’ यो भोगाई हरेक-खबरलाई भनिरहँदा मेचीनगर नरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेलको आवाजमा अझै त्रासको भाव थियो ।

    कुनै फिल्मको द्वन्दको दृष्य जस्तै लाग्ने अवस्था आज झापाको मेचीनगर नगरपालिकाको उपमेयर मीना उप्रेती पोखरेलले भोगेकी छिन् । उनि सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।

    पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उनले बताइन् । ‘सरकारी गाडी जलाउने कार्यक्रम छ भन्दै पेट्रोल छर्किए,’ उनले भनिन्, ‘गाडी अगाडि एउटा मोटरसाइकलले बाटो छेकिएको थियो । जबरजस्ती उम्किएर प्रहरीलाई फोन गरेँ ।’

    आफू सवार गाडीमा कसले किन आगजनी गर्न खोजिकए भन्नेबारे जानकारी नभएको बताइन् । आफू सवार गाडी अगाडि मोटरसाइकल रोकिएका कारण दुई जनालाई मात्र देखेको उनले बताइन् ।उनिहरु को हुन् र कुन पृष्ठभुमीका हुन् थाहा नभएको हरेक खबरलाई बताईन् ।

    उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया