• ‘दुखेको करङ’ सुनाउदै प्रहरीको पेलानका बिषयमा बोले बरिष्ठ नेता रामचन्द्र पौडेल

    १८ मंसिर २०७७, बिहीबार

    तनहुँमा पुलको उद्‌घाटन गर्न पुगेका प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणुमा लिएको घटनाका बिषयमा चर्चा परिचर्चा भएको छ ।
    एकथरीले निषेधाज्ञा जारी गरिएका बेला कार्यकर्तासहित उनी पुलको उद्घाटन गर्न जानु नै गलत भएको तर्क गरिरहेका छन् भने अर्कोथरीले राज्यको तर्फबाट अशोभनीय व्यवहार गरिएको बताइरहेका छन्।

    तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेता पौडेलकै सुरक्षाका लागि रोकेको भन्दै त्यसबाट चित्त दुख्न गएको क्षमाप्रार्थी रहेको बताए। पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको र उनले बिहीवार पुल उद्घाटन गरेका थिए।आफ्ना वरिष्ठ नेतालाई ुदुर्व्यवहारु गरिएको भन्दै नेपाली काङ्ग्रेसले घटनाको निन्दा गरेको छ भने पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन समेत गरेका छन्।बुधवार साँझै एउटा विज्ञप्ति जारी गर्दै काङ्ग्रेस सभापति एवम्‌ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घटनालाई आपत्तिजनक भनेका छन्।राजनीतिशास्त्री कृष्ण पोखरेल बुधवारको घटना हेर्दा स्थानीय राजनीति एकदमै विभाजित भएको अवस्था प्रतिविम्बित भएको बताउँछन्।

    ‘त्यस्तो अवस्थामा विवाद बढाउने गरी राष्ट्रिय स्तरका नेता पुल उद्घाटन गर्नैका लागि त्यहाँ जानु मलाई चाहिँ उपयुक्त लागेन।”त्यहाँ स्थानीय तहको कुरा हेर्दा पनि एक्ट्रीम देखिन्छ अनि नेपाली काङ्ग्रेस पनि कुनै मुद्दा नपाएर त्यसलाई ठूलो इस्यु बनाएको म देख्छु,’उनले भने।निषेधाज्ञा जारी गरिएको हुँदा पूर्वसभामुखको हकमा त्यो लागु नहुने भन्ने तर्क गर्न नमिल्ने संविधानविद्‌ विपिन अधिकारीको भनाइ छ।

    ‘तर त्यति वयोवृद्ध र वरिष्ठ नेतालाई त्यस्तो अवस्थामा कसरी ह्यान्डल गर्ने भन्ने सोच स्थानीय प्रशासनमा चाहिन्छ नै। किनभने त्यो एक जनाको कुरा मात्रै नभई सिङ्गो पार्टी र समर्थकसँग जोडिन्छ। र, त्यसको अर्थ प्रतीकात्मक हुन्छ’।निषेधाज्ञा जारी गरिएको क्षेत्रमा प्रवेश गरेपछि नेता पौडेललाई रोकिएको तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

    सरकार समर्थकहरूले सभा जुलुस गरे पनि आँखा चिम्लने गरेका स्थानीय प्रशासनहरूले विपक्षीको प्रदर्शनको हकमा कोरोनाभाइरस सङ्क्रमण जोखिमलाई देखाउने गरेको कतिपयको आरोप छ।

    फेसबुक प्रतिक्रिया