• रामचन्द्र पौडेलको गिरफ्तारीका बिषयमा बोल्यो कांग्रेस

    १७ मंसिर २०७७, बुधबार

    पुल उद्घाटनको विषयलाई लिएर भएको झडपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको प्रति नेपाली कांग्रेसले भत्र्सना गरेको छ ।

    उनलाई तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर झडप भएपछि स्थिती आएपछि गिरफ्तार गरिएको हो ।
    व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो ।
    कांग्रेस सभापती सेरबहादुर देउवा हस्ताक्षरीत बिज्ञप्तीमा कांग्रेसकै पालामा निर्माण भएको उक्त पुल उध्घाटनमा सरकारको अधिनायकबादी आकांक्षाको जगमा उक्त घटना भएको र पौडेललाई अविलमब रिहा गर्न भनिएको छ ।

    फेसबुक प्रतिक्रिया