• फोटो फिचरः छठ पर्वको रौनक जनकपुरको एक गाँउबाट

    ५ मंसिर २०७७, शुक्रबार

    प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएर मनाईएको छ ।
    तराईमा बिशेष धुमधामका साथ मनाइने यो पर्व हाल नेपालका भित्री मधेस र मधेसी समुदायका बाहुल्यता भएका काठमाण्डौ लगायतका सहरहरुमा समेत मनाईने गरिएको छ ।
    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । शुक्रबार अस्ताउँदो सूर्यलाई र शनिबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । जनकपुरको कोलुहामोर गाँउको नदी किनारमा मनाईएका अन्सु यादवले खिचेका छठका ताजा तस्विरहरु फोटो फिचरमा:

    फेसबुक प्रतिक्रिया