• यौनिक अल्पसंख्यकमाथी दुर्व्यवहारका घटना ! किन अझै असभ्य नवयुवा ?

    ५ मंसिर २०७७, शुक्रबार

    काठमाण्डौंको एक बाटो जहा सामाजिक सञ्जालबाट चर्चामा आएकी निकिशा श्रेष्ठ (निकेश) कोहि आफन्त संग जादै हुन्छिन् । उनलार्ई मोटरसाईकलमा आएका केहि युवाले जिस्काउन सुरु गर्छन् र कोहि भिडियो बनाउन लाग्छन् । अश्लिल लवजमा ‘ओई निकिशा’ भन्दै उनिहरुले पच्छ््याउछन् । उनि माथि असभ्य व्यवहार भएपछी उनले प्रतिकारमा उत्रिन्छिन् तर उल्टै ‘डर लाग्यो माई लर्ड’, छक्*’ भन्दै सार्वजजिक स्थानमै उनिहरु हद सम्म जान्छन् र यस्तो भिडियो भाईरलको अभिलाषामा सामाजिक सञ्जालमा छरपष्ट बनाउछन् ।

    यसरि निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर हुन् ।जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए । उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।

    हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।

    सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
    सामाजिक सञ्जालमा बढेको यस्तो प्रवृत्ती प्रति मानव अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
    यसरि दिनदिनै आधुनिकताको बाटो रोजिरहदा भविस्यका कर्णधारहरु भनिने नवयुवाहरु बाटो घाटोमा महिला, किशोरीहरु अझ यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई दुव्र्यवहार गर्ने जमातको कमि छैन । भाईरल संस्कारको नाँउमा बढेको सामाजिक सञ्जालको दुरुपयोग गर्ने र आफ्नो कर्तव्य र नैतिकतालाई न्युनतम आत्मसाथ समेत नगर्ने जमातले समुदाय नै धमिलो बनाउदै गएको छ भने अभिभावकको सिकाई र बिद्ध्यालयको असल नागरिक उत्पादन गर्ने कार्य क्षमतामा समेत प्रश्नबाचक चिन्ह लागेको छ भन्छिन्, अधिकारर्की महिला सावित्री सुवेदी र कानुनी बाटो अपनाउनु पर्ने सुझाव समेत दिन्छिन सुवेदी ।

    सबैको आफ्नो व्यक्तिगत जिवन हुन्छ र जिवन जिउने तरिका र यौनिकता बिसुद्ध उसको आफ्नो रोजाई हो तर कसैको लवाई खवाई र यौनिक व्यवहारलाई लिएर अस्वाभाविक प्रतिकृया दिनु भनेको आफु मान्छे भएर अरुलाई स्वयं मान्छे स्विकार्न नसक्नु जस्तै हो । पुर्व मिस नेपाल माल्भिका सुब्बाले यस्तो कार्य मानव अधिकारको बिरुद्धमा भएको, जनचेतना हुँदा हुँदै पनि नवयुवाहरुको यस्तो हरकतले दुखी भएको भन्दै उनले सामाजिम सञ्जालमा नराम्रा बिषयलाई प्रवर्धन नगर्न समेत अनुरोध गरेकी छिन् । उनले आफु त्यो ठाँउमा भएको भए कस्तो महशुष गर्थेँ भनेर समभाव राख्न समेत भावुक हुँदै अनुरोध गरिन् ।(तस्विरहरु सामाजिक सञ्जालबाट साभार गरिएका हुन् ।)

    फेसबुक प्रतिक्रिया