
लामो समयपछी बल्ल बल्ल नेपाली कथानक चलचित्र “आर्या”को
गीत सार्वजनिक भएको छ ।
तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न चलचित्र”आर्या” लकडाउनका कारण प्रदर्शनका लागि थाती रहेको छ।प्रसिद्ध गायिका मेलिना राइको सुमधुर स्वर रहेको रास्ट्रभावले ओतप्रोत यो गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन ,सङ्गीतकार राम सिटौलाको सङ्गीत, गीतकार लक्ष्मण सिटौलाको शब्द रहेको छ भने यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका हुन् ।
गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको बेजोड कलाकारिता देख्न सकिन्छ। यो गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ । मानुङको प्राकृतिक सौन्दर्य र नेपालीको रास्ट्र प्रेम यहि शैल छायांमा घोलिएको यो गीतले सम्पुर्ण दर्शक श्रोताको मन जित्ने छ ।
चलचित्रमा शिल्पा पोखर्लले एक पिडित युवतीको भुमिकामा अभिनय गरेको थाहा भएपनि चलचित्रका निर्देशक उपेन्द्र तिमिल्सिनाले थप जानकारी भने दिएनन् ।