• नेकपा सचिवालय बैठक बुधबार दिउँसो १ बजेकालागि, बैठकको एजेण्डा बारेमा दुई अध्यक्षबीच मतभेद कायमै

    ३ मंसिर २०७७, बुधबार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटघाट भएको मन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

    दुई नेताबीच भएको कुराकानीबारे विस्तृतमा जानकारी नगराइए पनि भोलि बुधबार तय भएको नेकपा सचिवालय बैठकको एजेण्डाबारेमा छलफल भएको बुझिएको केसीले बताए । सचिवालय बैठक बुधबार दिउँसो १ बजेकालागि बालुवाटारमा तय भएको भएपनि बैठकको एजेण्डा बारेमा दुई अध्यक्षबीच मतभेद कायमै छ । यसअघि कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी पेश गरिएको प्रतिवेदन फिर्ताको माग प्रधानमन्त्रीले गरेका छन् । अध्यक्ष ओली निकट नेताहरुले सो प्रतिवेदन फिर्ता नलिइए बैठक प्रभावित हुनसक्ने संकेत गरिरहेकाछन् ।
    पार्टीको आन्तरिक समस्या समाधानका लागि पार्टीभित्र आवश्यक छलफल हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले बैठक माग गरेपछि गत शुक्रबार सचिवालय बैठक बसेको थियो । बैठकमा प्रस्तुत प्रतिवेदनले आन्तरिक समस्या समाधानभन्दा झन बल्झाउने किसिमले आएपछि त्यसमा समाधानको प्रयास गरिएको छ । महासचिव पौडेल सोही विषयमा छलफल गर्न मंगलबार विहान अध्यक्ष प्रचण्ड निवास पुगेको बताइएको छ अध्यक्ष ओलीले सो प्रतिवेदन फिर्ता गरी नयाँ शिराबाट छलफल गर्नुपर्ने प्रस्ताव राखेपनि अध्यक्ष प्रचण्डले प्रतिवेदन फिर्ता नलिने संकेत गको बुझिएको छ । बैठकमा प्रतिवेदन पेश भइसकेकाले छलफलबाटै निक्र्यौलमा पुग्नुको विकल्प नरहेको भनाई अध्यक्ष प्रचण्डको रहेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच करिब एक घण्टा छलफल भएको सल्लाहकार केसीले जानकारी दिए ।

    अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा देवेन्द्र पौडेल लगायतका नेताहरुसँग पनि यसअघि परामर्श गरिसेकाछन् ।

    फेसबुक प्रतिक्रिया