• तिहार बिशेष कुराकानी: तिहारले रुवाँउछ गायक कृशल कडेललाई

    २८ कार्तिक २०७७, शुक्रबार

    धादींगबेसीमा जन्मिएका कृशल कडेल, क्युट गायक भनेर पनि चिनिन्छन् । नेपाल आईडलको टप ८ सम्म पुगेपछि नेपाली युवामाझ चिनिएका कडेल त्यो भन्दा अघि देखिनै सुरसाला आईडल, लैबरीलै जस्ता सिंगिङ रियालिटी सो हरुमा आफ्नो स्वरको जादु देखाईसकेका थिए । नेपाल आईडलको यात्रा पश्चात ओडेर घुंघट बोलको गित र यसको म्युजिक भिडियाले उनलाई गायक संगै मोडेलको रुपमा समेत स्थापित गराईदयो । बरिलै पछी उहिले यीनै गायक कडेलले नेपाल आईडलका अर्का साथि मिनराज पौडेल संग मिलेर एक चुम्मा खाईदिन्छु बोलको गित लिएर आएका छन् । तिहारको अवसरमा हाम्रा संवाददाता पारश सापकोटाले कडेलसंग कुराकानी गरेका छन् ।
    प्रश्नः आराम हुनुहुन्छ?
    उत्तरः हजुर, सन्चै छु ।
    पश्नः गायनमा भएको प्रवेस या यात्राको बिषयमा बताईदिनुस् न ।
    उत्तरः म धार्दींग जिल्लाको धादिंगबेसीमा जन्मेको हुँ, म सानैदेखी गित गाउन मन पराउथें, बिभिन्न रियालिटी शोहरुमा सहभागी भैरहन्थें । र यसै क्रममा म नेपाल आईडलमा सहभागी भएँ र त्यसपछी पनि बिभिन्न गितहरु गाउने भिडियो बनाउने क्रम चलिरहेको छ । यसै क्रममा ओडेर घुंघट, बरिलै पछि यो एक चुम्मा खाईदिन्छु भन्ने गित लिएर आएको छु ।
    प्रश्नः (हास्दै ) कस्तो गित हो यो एक चुम्मा खाईदिन्छु भन्ने?
    उत्तरः (लजाउदै ) यो गितमा मेरो साथि मिनराज पौडेल र मैले गाएका छौं, हल्का डान्सिङ प्याटर्नको यो गितमा म अनि टिकटक स्टार प्रतिक उप्रेती मिलेर सन्ध्या कोईरालाको चुम्मा मागेर हैरानै पार्छन् । गितमा नृपेश उप्रेतीको सव्द तथा संगीत संयोजन रहेको छ ।


    प्रश्नः चुम्मा माग्नु त भयो, अहिले सम्म खानु भएको छ कि नाई?
    उत्तरः हास्दै छैन, छैन, मौकै पाएको छैन ।
    प्रश्नः झुट कत्तिको बोल्नु हुन्छ?
    उत्तरः अवस्था र आवस्यकता हेरेर बोल्छु ।
    प्रश्नः अघिल्लो प्रश्नमा झुटो बोल्नु भयो कि नाई?
    उत्तरः अहँ, छैन ।
    प्रश्नः १८ बर्ष त कट्नु भयो नि है, मैले यो प्रश्न सोधेर गल्ति गरिन होला, अँ साच्चि पढाई कहाँ पुग्यो?
    उत्तरः हजुर भर्खरै १८ कटेँ, नेपाल आईडलमा सहभागी हुने क्रममा मेरो पढाई बिग्रियो । पहिले सिभिल ईन्जिनियरिङको पढाई छाडेर साईन्स लिएँ र पछी मानविकि संकायमा १२ रनिङमा छु ।
    प्रश्नः त्यसो भए अव भवियको योजना के छ त?
    उत्तरः पढाई अगाडी बढाउने, गायन त छ नै, गायनको बेसमा म आफ्नो मोडलिङलाई पनि अगाडी बढाउछु सबैले माया गरिरहनुभएको छ, हाल मैले डान्स पनि सिकिरहेको छु ।
    प्रश्नः तपाँईको प्रिय गायक को हुनुहुन्छ?
    उत्तरः सत्यराज आचार्य अनि अन्जु पन्त ।
    प्रश्नः कारोनाको त्रास कस्तो भयो, लकडाउनको केही बिशेष अनुभव?
    उत्तरः त्यस्तो खासै त केहि भएन तर सोचे भन्दा फरक अवस्था आयो । हामी आफ्नो स्वास्थ प्रति सचेत थिएनौं यसले सिकायो, समस्या अन्प्लान्ड हुँदो रैछ ।
    प्रश्नः तिहारको माहोल छ । तिहार कसरी मनाउदै हुनुहुन्छ?
    उत्तरः परिवारमा हामी दाजु भाई मात्र छौं, दिदिबहिनी हुनुहन्न, मेरा कजनहरुले टिका लगाईदिन्छन् तर यसपटक जुठो परेकाले तिहार मनाउदैनौं यसपटक ।
    प्रश्नः गायन क्षेत्रमा लागेर कमाएको या गुमाएको त्यस्तो छ, क्षण जुन कहिँ कतै बताउनु भएको छैन?
    उत्तरः गुमाएको त खासै केही छैन, तर मलाई आफ्नो दिदी बहिनी भएको अनुभव नभएको, दिदी बहिनीले त एकदमै केयर गर्छनी त । म कामको सिलसिलामा घर जान पाईन पोहोर । मेरो साथी सुजन कार्कीले उसको घरमा दिदी बहिनी भएको र नजिकै भएकोले टिका लगाउन बोलायो । जब म त्यहा पुगें, उनिहरुको दिदीभाईवाला बोन्डिङ देखेर म ईमोसनल भएँ, २ जना दिदीहरुले एकदमै मायाले टिका लगाईदिनु भयो र त्यो बेलामा म रोएको पनि थिएँ, वहाहरुले मलाई लगाएको राखी अहिलेपनि म संगै छ । अहिलेपनी त्यो क्षण संझदा ईमोसनल फिल हुन्छ । यो तिहार आएपछी खै किन किन अर्कै महशुस हुन्छ ।
    प्रश्नः केही सन्देस?
    उत्तरः तिहारको सुभकामना, मलाई माया गर्दै जानुहोस, तपाँईको मनछुने गितहरु ल्याउदै जाने छु ।

    फेसबुक प्रतिक्रिया