• फ्ल्याट लिएर बेश्यावृत्तीमा लगाउने संचालक र दुई दलाल पोखराबाट पक्राउ

    २८ कार्तिक २०७७, शुक्रबार

    उनिहरुले कतैबाट रातभरीको लागि राम्रा-राम्रा केटी मिलाइदिने दलालको फोन नम्बर पाई छाडे, र कल गरे १ फोन गरेपछि एकले आर्काको नम्बरमा कल गर्न भन्दै ती केटी मिलाइदिने एजेन्डहरुले आफ्ना सहज ब्यक्तीहरुलाइ ब्यबस्था गर्न भन्दै गए र बल्ल ती दुई पुरुषहरूले एक घन्टाको प्रतीक्षा पछि भेट्टाए एकजना भरपर्दो केटीहरु मिलाइदिने दलाल !
    कुरा पोखराको बाग्लुङ बसपार्कबाट सुरु भएको हो, बसपार्कका आसपासमा कोरोनाको कारणले हम्मे(हम्मे गरि चलेका खाजा घर तर खाजै नराखी खाजा घर चकाचक चलाउने केही खाजा साजा खुवाउने नाममा यौन धन्दा तथा बालिकाहरुलाइ यस्तो धन्दामा लगाएर यौन शोषण गराउने देखिएको देखेका युवाहरुले दलालका रुपमा २६ बर्षका आशिष भुजेललाई भेटे ।र तिनले उनिहरुलाई उनिहरुको फ्ल्याटमै लगे जहाँ पोखराकी ३० बर्षे अन्जु गुरुंगले महिला तथा बालिकाहरुलाई यौन कार्यमा सप्लाई गर्ने गरिरहेकि थिईन् । उनहरुले आफ्नै सम्पर्कको अर्को एक घर जसलाई गेष्टहाउस भन्थे, त्याहा पुराए र यौन कार्यको लागि मोलमलाई गरेर ति सम्राट श्रेष्ठ भनिने आशिष भुजेलले प्रति व्यक्ति ७-७ हजार रकम लिए ।त्यसैबेला सुचनाको मेलो पाएर एक सामाजिक संस्थाको समन्वयमा छापा मार्यो र ति किशोरीहरुलाई उद्धार गर्योे र दलालहरुलाई प्रहरीले पक्रेको छ ।
    वैदेशीक रोजगारीको लोभ देखाएर वेश्यावृत्तिमा लगाउन खोज्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
    वैदेशीक रोजगारीमा पठाइदिने र सबै प्रक्रिया आफै मिलाइदिने भन्दै २ महिलालाई विभिन्न जिल्लाबाट पोखरा ल्याएर वेश्यावृत्तिमा लगाउन खोज्ने २ पुरुष र १ महिलालाई पक्राउ गरिएको हो ।
    प्रहरीले कास्कीको मादी गाउँपालिका खेलुङका २१ वर्षे जीवन नेपाली, काभ्रेको तामाघाटका २६ वर्षे आशिष भुजेल र पोखरा बगालेटोलकी ३० वर्षे अन्जु गुरुङलाई समातेको हो ।
    नेपाली र भुजेललाई बुधबार र गुरुङलाई बिहीबार पक्राउ गरिएको हो । लेकसाइडमा राखेर शारीरिक तथा मानसिक यातना दिएको र रकम मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
    तीनै जनामाथि मानव बेचबीखन तथा ओसारपोसार कसुर अन्तर्गत ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । पीडित २ महिलालाई भने मनोपरामर्शपछि सामाजिक संस्थाको संरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।महिला बालबालिकाको शोषण गर्नेको खोजि र कारवाही हुने महिला बालबालिका सेवा केन्द्र प्रमुख चिना गुरुंगले बताईन् । पोखरा महिला तथा बालबालिकाहरुको शोषण हुने हबका रुपमा चिनिने गरेको भन्दै सामाजिक अगुवाहरुले यसको नियमन र अनुगमनमा जोड दिनुपर्नेमा जोेड दिए ।

    हाल पोखरामा बिभिन्न सामाजिक संस्थाले प्रहरी संगको समन्वयमा खाजाघरमा रहेको बस्तुस्थितीको खोजी गरिरहेको र यौन शोषणका लागी परिचालन गर्ने संजालको समेत खोजि व्यापक गरिरहेको बिश्वस्त श्रोतले बतायो

    फेसबुक प्रतिक्रिया