• कोरोना त्रासका बिचमा पनि पोखरामा बालबालिकाहरुको श्रम तथा यौन शोषण

    २७ कार्तिक २०७७, बिहीबार

    कोरोनाका त्रासका बिचमा पनि गण्डकी प्रदेशको राजधानी पोखरा बालबालिका तथा महिला माथिको श्रम तथा यौन शोषणको हवको रुपमै रहेको देखिएको छ ।
    पोखरामा रहेका हजारौको संख्यामा रहेका अनौपचारीक हिसाबले चलेका खाजाघरहरु जेनतेनको हालतमा चलेपनि कतिपय खाजाघरमा बालिकाहरुको श्रम शोषण हुनेगरेको तथा कतिपय बालिकाहरुलाई फ्ल्याटमा राखेर यौन शोषणका लागि परिचालन गरिएको थाहा हुन आएको पोखरामा शक्ति समुहका अध्यक्ष चरिमाया तामांगले बताईन् ।
    पोखरामा बिहीवार मानव बेचविखन तथा मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरुलाई कोभिड -१९ ले पार्र्न सक्ने असरका बिषयमा सरोकारवाला निकायहरुसंगको छलफल कार्यक्रममा तामांगले बताएकी हुन् । कोभिडको कारणले मनोरञ्जन क्षेत्र भनिने डान्सबार मसाज पार्लर र त्यहा हुनसक्ने जोखिमता हटेपनि बालबालिकाहरु खाजाघरमा केन्द्रीत गराईएका र करिव २० वटा खाजा घरको नमुना सर्वेक्षण गर्दा ५ वटा खाजाघरमा बालबालिका (आफ्ना या कामदार) जोखिमपुर्ण अवस्थामा काम गरिरहेको समेत बताईन् । सरोकारवाला निकायहरु संग प्रभावकारी समन्वयको लागि अपिल गर्दै उनले यस्तो अवस्थामा समेत सरोकारवाला निकायहरुलाई उपस्थितीको लागि धन्यवाद ज्ञापन समेत गरिन् ।
    कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बैन ब. अधिकारी क्षेत्री, सामाजिक बिकास मन्त्रालयका कानुन अधिकृत संगिता महर्जन, जिल्ला प्रहरी कार्यलय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख चोनु गुरुंग, लगायतका सरकारी, गैरसरकारी निकायका प्रतिनिधी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा सहभागीहरुले पोखराको श्रमीक बालबालिकाको अवस्था र गर्नुपर्ने भुमिकाका बिषयमा छलफल गरेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी क्षेत्रीले सबै सरोकारवाला निकायको समन्वयमा बालबालिका श्रमीकको उद्धार र यस्ता क्षेत्रमा कार्य गर्ने श्रमीकको अधिकारका बिषयमा बोलेका थिए । र बालबालिकाको उद्धार गर्नु अघि उनिहरुको बिषयमा व्यवस्थित योजना बनाउनु पर्नेमा जोड दिए ।
    शक्ति समुहले जिल्ला प्रहरी कार्यलय कास्की संगको समन्वयमा फ्ल्याटका नाँउमा मानव बेचविखन गराईरहेका व्यत्तिरुहरुलाई पक्राउ गराउन समेत सफल भएको र २ जना बालिकाहरुलाई उद्धार समेत गरेको तामांगले बताईन् । शक्ति समुहले कास्की केन्द्रीत रहेर उद्धार तथा पुर्नस्थापनाका कार्यलाई निरन्तरता दिने समेत उनले बताईन् ।
    शक्ति समुह मानव बेचविखन प्रभावित महिलाहरुले स्थापना गरेको र मानव बेचविखन बिरुद्ध केन्द्रित अभियानमा निरञ्तर लागिरहेको संस्था हो र सन २००७ देखि कास्की जिल्लामा कार्य गर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया