• नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने

    २७ कार्तिक २०७७, बिहीबार

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए ।
    केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिएका थिए ।

    फेसबुक प्रतिक्रिया