• नेपाल र बङ्गलादेश बिचको खेल प्रत्यक्ष प्रसारण हुने

    २३ कार्तिक २०७७, आईतवार

    नेपाल र बङ्गलादेश बिच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने बङ्गलादेश फुटबल एसोसिएसनले जनाएको छ।

    बङ्गबन्धु रंगशालामा हुने यस खेलको प्रत्यक्ष प्रसारण बङ्गलादेश टि.भी र टि स्पोर्ट्सले गर्ने छ। यही कार्तिक २८ र २९ गते खेल नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ। नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा नेपालका प्रशिक्षक बाल गोपाल महर्जन विश्वस्त छन्।

    फेसबुक प्रतिक्रिया