• नेपाल फर्केर चलचित्र गर्ने सोचमा बिमलेश

    २१ कार्तिक २०७७, शुक्रबार


    दर्जनौ म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरेर अलग छवी बनाएका बिमलेश अधिकारी अहिले अमेरिकामा छन् ।


    कोभिड १९को कारण दर्शै मनाउन नेपाल आउन नपाएर निराष बनेका अधिकारी अघिल्लो पटक सुटुक्क नेपाल आए र आफ्नो पारिवारिक भेटघाट सकाएर फर्के । तर यसपटक भने उनि पुनः चलचित्र तथा म्युजिक भिडियोमा काम गरेर फर्कने बुझिएको छ । केहि परियोजनाका बिषयमा कुरा भैसकेको तर कुन कुन परियोजना भनेर भने उनले खुलाउन चाहेनन् ।
    अमेरिकामा सामाजिक संजालमा सक्रिय अधिकारी ब्लग मार्फत आफ्ना शृजनाहरु पोखिरहेका हुन्छन् । बिमलेशका तुलसी, ब्रेक फेल, जंगबहादुरको कोट जस्ता चलचित्रमा अभिनय गरेका बिमलेश आफुले नेपाली चलचित्र जगतलाई सदैव संझिरहने बताउछन् ।

    ”म जहा भएनी नेपाली चलचित्र र दर्शकको माया मेरो मनमा छ, यस्तो बिषम परिस्थितीमा चलचित्र उद्योग बचाउन जनता सरकार सबै मिलेर लाग्नु पर्छ”, बिमलेशले बताए ।

    फेसबुक प्रतिक्रिया