• चलचित्र कसले चोर्‍यो मेरो मन प्रदर्शनको १० बर्ष पछी यसको सिक्वेल बन्ने

    १४ कार्तिक २०७७, शुक्रबार

    रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्र कसले चोर्‍यो मेरो मन प्रदर्शनको १० बर्ष पछी यसको सिक्वेल बन्ने भएको छ ।
    कसले चोर्‍यो मेरो मन-२’ नाम राखेर निर्माता छवि ओझाले चलचित्र बनाउन लागेका छन् । यो चलचित्र पनि ‘कसले चोर्‍यो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्दैछन् । विश्वस्त श्रोतका अनुसार यो चलचित्रमा रेखा र आर्यन दोहोरिने छैनन् । नयाँ कथामा चलचित्र बन्ने भएकोले नयाँ कलाकारहरु रहने बुझिएको छ ।

    साथै ‘कसले चोर्‍यो मेरो मन-२’ भने निर्माता ओझाले नयाँ कम्पनी दर्ता गरेर बनाउन लागेको बुझिएको छ । त्यसो त रेखा थापाले तीन बर्ष ‘कसले चोर्‍यो मेरो मन फेरी’ नाममा चलचित्र बनाउने घोषणा गरेकी थिइन् तर, सो प्रोजेक्टलाई रोकेर उनले ‘रुद्रप्रिया’ बनाएकी थिइन् । रेखाले बनाउने भनेको ‘कसले चोर्‍यो मेरो मन फेरी’मा पनि निर्देशक सबिर नै थिए भने रेखा आँफैले अभिनय गर्ने भएकी थिइन् ।

    छवि ओझा र रेखा थापा छुट्टिएसँगै रेखा फिल्मस् रेखासँग नै रहेको छ । रेखा, छवि र सबिरबीच फिल्म र नामको बिषयमा के सहमती भएको छ त्यो भने स्पष्ट भएको छैन

    फेसबुक प्रतिक्रिया