• कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै व्यवस्थापनका लागी कांग्रेसको आव्हान

    ७ कार्तिक २०७७, शुक्रबार

     प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कोभिड–१९ व्यवस्थापनमा आफ्नो संगठनलाई परिचालन गर्ने भएको छ । सरकारले कोभिड–१९ को व्यवस्थापन तथा बिरामीको उपचारबाट हात झिकेको अवस्थामा एउटा जिम्मेवार पार्टीका नाताले जनताको सेवामा समर्पित हुने निधो गरिएको काँग्रेसको संगठन विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    g]sfF ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrG› kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

    ‘पीसीआर परीक्षण जनता स्वयंले गर, असाध्यै गाह्रो नभइकन अस्पताल नजाउ, मृत्यु भएमा आफै दाहसंस्कार गरजस्ता गैरजिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुःखद र निन्दनीय छ,’ संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पूरै हात उठाएको वर्तमान अवस्थामा जनताले राज्यको अस्तित्वको आभाष गर्न छाडेका छन्, यो विषम परिस्थितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो भूमिका बढाउनु अपरिहार्य छ ।’

    राजनीति जनताका लागि हो र जनताको हक अधिकारका लागि यति धेरै संघर्ष र युद्ध गरेको गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेस र यसका नेता तथा कार्यकर्ताहरुले ‘सरकारले गर्नुपर्ने दायित्व हो’ भनेर हात बाँधेर बस्नु आफूहरुको आस्था, दर्शन र संस्कार विपरीत हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा नेपाली काँग्रेसका मूल्य र मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक तह र तप्काका कार्यकर्ताले यो विषम परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको पनि प्रस्ट पारिएको छ ।

    काँग्रेस संगठन विभागले मातहतका निकायलाई कोभिड–१९ व्यवस्थापनको सिलसिलामा चार बुँदे निर्देशन जारी गरेको छ ।जसअनुसार देशका हरेक वडामा काँग्रेसका नेता तथा कार्यकर्ताले काँग्रेसको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेटको समेत सदुपयोग गरी उपयुक्त स्थानमा कोभिड व्यवस्थापन क्याम्प सञ्चालन गर्ने, त्यसका लागि आवश्यक पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन नजिकैका स्वास्थ्य चौकी, अस्पताल तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुसँग समन्वयका आधारमा गर्ने उल्लेख छ ।

    त्यस्तै, वडा अध्यक्षमा काँग्रेसबाट उम्मेदवार भएर हारेका वा जितेका सबैले आफ्नो नेतृत्वमा एक समिति बनाइ उक्त समितिको रोहबरमा सञ्चालन हुने गरी बैंक खाता सञ्चालन गर्ने र सोसँग सम्बन्धित प्राप्त रकम र खर्चका विवरण नेपाली काँग्रेसको केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्नेछ ।

    यसैगरी हरेक वडामा आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने अधिकारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्न र सो अधिकारीले कोभिड व्यवस्थापन क्याम्पमा आवश्यक प्रबन्ध मिलाउने कार्य गर्ने तथा केन्द्रमा पनि तत्काल प्लाज्मा बैंक तथा आपतकालीन कोभिड व्यवस्थापन गर्न सकिने अधिकारीहरुसहित विभिन्न हटलाइन नम्बरहरुको व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली काँग्रेसको कोभिड व्यवस्थापन समितिले तर्जुमा गरेका योजनाहरु कार्यान्वयन गर्नका लागि काँग्रेसका नेता तथा कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, विभिन्न भ्रातृ संगठनका सदस्यहरु तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा आस्था राख्ने उद्यमी, व्यवसायी, बुद्धिजीवी वर्ग र सर्वसाधारणलाई काँग्रेस संगठन विभागले यो अभियानमा तन, मन र धनले सहयोग गर्न पनि आह्वान गरेको छ ।

    फेसबुक प्रतिक्रिया