• मन्त्री नेम्वाङलाई कोरोना, कोरोना नियन्त्रणमा सरकारको अलमल्

    ४ कार्तिक २०७७, मंगलवार


    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । उनले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। मन्त्री नेम्वाङलाई कोभिड–१९ को लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको जानकारी उनका स्वकीय सचिव गणेश योङ्हाङले दिए ।

    आधारभूत अस्पताल निर्माण गरिने
    सरकारले कोरोना (कोभिड–१९) बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि १५ शया सम्मको आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । मङ्सिर १५ गते ती अस्पतालको शिलान्यास एकै पटक गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि पन्ध्र शøया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने तयारी सुरु गरेको जानकारी दिए ।
    तर कुराको जानकारी दिएता पनि सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै सरकारको चौतर्फी आलोचना भैरहेको छ ।सरकार भने एकोहोरो संख्या गनेर सुनाउने र घरमै बसेर दशैं मनाऔँ भनेर कर्तव्य निर्वाह गर्नमै मात्र व्यस्त छ ।कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    उनले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बताए । उनले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पारे।

    यसैबीच गत २४ घण्टामा देशभर थप तीन हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सोमबार देशभर थप १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया