• उदयपुरको शिध्दिचरण राजमार्गमा स्कार्पियो दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्य,अन्य तीनजना गम्भिर घाईते

    २ कार्तिक २०७७, आईतवार

    उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा गए राती एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने अन्य तीनजना गम्भिर घाईते भएकाछन ।
    भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो जिप सडकबाट करीब नौसय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षाीय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए।
    उनका अनुसार जिप चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर रहेको छ , ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको रहेको र सोही ठाउँ निवासी रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।
    घाईते सबैको उपचारका लागि कटारी अस्पताल पठाइएको र गए राती करीव १ वजेको समयमा दुर्घटना भएको भन्ने खवर पाउना साथ उध्दारका लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको पनि उनले बताए ।

    फेसबुक प्रतिक्रिया