• आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

    २९ आश्विन २०७७, बिहीबार

    मानवता मरेका साथिका बाबु, जसले छोरीकी साथिलाई बलात्कार पछी हत्या गरे ।

    प्रहरीले रौतहटको वृन्दावन नगरपालिका बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ। उनले आफ्नै छोरीकी साथीलाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका(४ स्थितबाट पक्राउ गरेको हो।
    असोज १६ गते शुक्रबार बिहान नौं बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन्।
    सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो। उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए। पछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

    अनुसन्धानमा चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

    उनका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए।

    प्रारम्भिक अनुसन्धानमा मृतक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको प्रहरी उपरीक्षक प्रसाईले बताए। बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन्।

    तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन्।

    उनीमाथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु