• पार्लेमा प्रोटोकल अनुमोदन भयो, अव बेचविखन रोक्न के-के गर्ने भन्नुस सरकारले पुरा गर्छः मन्त्री पार्वत गुरुङ

    २७ आश्विन २०७७, मंगलवार

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार, रोकथाम र नियन्त्रणका लागी सरकारको जिम्मेवारी के हो, एक, दुई, तिन गर्दै ऐजेण्डा दिएमा सरकारले पुरा गर्ने प्रतिवद्धता गरेका छन् ।
    मन्त्री गुरुङले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा निवारणका लागि भर्खरै अनुमोदन भएको पार्लेमो प्रोटोकलका आगामि कार्यदिशा कस्तो हुनुपर्छ भन्ने बिषयक छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

    महिला तथा बालबालिका बेचविखन बिरुद्ध सहकर्मी समुह (एटविन) नेपालको आयोजनामा बिभिन्न सरकारी, गैरसरकारी संस्था तथा सरोकारवाला निकायहरुका बिच छलफल कार्यक्रम भएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता तथा एटविनका अध्यक्ष नातिसरा राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गृह मन्त्रालयका सह-सचिव पुस्कर सापकोटा, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण शाखाका प्रमुख गोमा ढकाल, राष्टीय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, सहयोगी निकाय विनरकका उपप्रमुख सविना प्रधान, शक्ति समुहका अध्यक्ष चरिमाया तामाङ लगायतकाको उपस्थिती रहेको थियो ।

    नेपालले सन् २०२० को मार्चमा अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि २००० को आलेखपूरकको रूपमा रहेको पालेर्मो प्रोटोकलको रूपमा पनि चिनिने मानव बेचबिखनको रोकथाम, अन्त्य तथा दण्डित गर्ने सम्बन्धी प्रोटोकललाई अनुमोदन गरेको छ ।
    यसबाट मानव बेचबिखनविरुद्ध भएको विद्यमान घरेलु कानुनलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको मापदण्ड अनुरूप परिमार्जन गर्न बाटो खुलेको छ । जसले बालबालिकालाई सबै प्रकारका यौन शोषणबाट संरक्षण गर्नेछ
    अन्तर्राष्ट्रिय कानुन अनुसार शोषणभित्र बल प्रयोग, जबरजस्ती, धम्की, धोका, शक्तिको दुरुपयोग अथवा जोखिमताको अवस्था समावेश हुन्छ भने यसले मानव बेचबिखन जनाउँछ भनिएको छ ।
    अमेरिकाको ट्राफिकिङ इन पर्सन प्रतिवेदन २०१९ ले सरकारी वकिलहरूलाई पीडित केन्द्रित अनुसन्धान र अभियोजनहरू तथा कानुन कार्यान्वयन गर्ने निकायहरूलाई मानव बेचबिखनको प्रवृत्ति र आपतकालीन पीडित संरक्षणसम्बन्धी तालिम दिनका लागि गर्नुपर्ने प्रयासहरूमाथि प्रकाश पारेको अनुसन्धानमा उल्लेख गरिएका बिषयमा चर्चा समेत गरिएको थियो ।
    कार्यक्रममा (जुम बैठक) सहभागीहरुलाई एटविनका उपाधक्ष्य सिता पौडेल स्वागत गरेकि थिईन् भने कार्यक्रमका सहजकर्ता अधिवक्ता गिता पाठकले पार्लेमो प्रोटोकल के हो, र यस पुरक आलेख अनुमोदन गराउने १७८ औं देश नेपालमा यस प्रोटोकलको कार्यान्वयन गराउनका लागी प्रोटोकलका लागी बाझीएका र कार्यान्वयनका रहेका कानुनहरुलाई परिमार्जन गराउनु पर्ने, महिला मन्त्रालय संगै गृह मन्त्रालय र सवाल छुने अन्य मन्त्रालयले पनि बिशेष जोड दिनुपर्ने बताईन् ।


    कार्यक्रममा बोल्दै विनरक(हाम्रो सम्मान परियोजना)का उपप्रमुख सविना प्रधानले पुरुष बेचविखनका सवालमा समेत जोड दिँदै अवको परिमार्जनमा बेचबिखन प्रभावित पुरुषका बिषय र अफ्ट्याराहरुलाई समेत मनन गर्न सुझाव समेत दिईन् । संघिय तहमा अनुसञ्धान र तथ्यांक संक्लन गरेर बिभिन्न निकाय संगै हातेमालो गरेर गहिराईमा पुगेर अघि बढ्न समेत सुझाव दिईन् ।
    कार्यक्रममा बोल्दै चरिामाया तामाङ ले २० बर्ष देखिको यो अभियान र वकालत र पैरवी गर्दा बल्ल अनुमोदन भएकोमा खुशी ब्यक्त गरिन् । जिल्ला तहको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिती निस्कृय भएकाले जिल्ला तथा स्थानिय तहमा उक्त समितीको गठन तथा पुर्नगठन गर्न समेत अनुरोध गरिन् । पुरक आलेख अनुमोदन भैसकेको सवालमा यसै अन्तर्गत आउने प्रभावितको उद्धार, स्वदेस फिर्ती, पुर्नमिलन लगायतका बिषयमा कार्यविधी बनाएर तत्काल अघि बढ्न जोड दिईन् ।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५ मा संसोधन गर्नुपर्ने उल्लेख गर्दै गृह मन्त्रालयका सचिव पुस्कर सापकोटाले पार्लेमो प्रोटोकलको अनुमोदन पश्चात ३० भन्दा बढि ऐन, नियमावली आदी संसोधन गराउनु पर्ने उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बहुराष्ट्रीय अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसार पसार रोकथाम र नियन्त्रणका लागी पार्लेमो प्रोटोकल अनुमोदन भैसकेकोमा सुभकामना समेत दिए । कोरोनाको माहामारीका बिचमा यस्तो प्रकारको प्रविधी-मैत्री बैठक गरेकोमा प्रशंसा समेत गरे । हिजो चेलिबेटी मात्र बेचबिखन हुने गरेकोमा आज बालबालिका तथा पुरुषहरु समेत बेचबिखन हुन थालेको बताउदै आज नेपाल श्रोत र पारवहन देश बन्न पुगेको बताए ।
    ”सरकारको जिम्मेवारी के हो एक दुई तिन ऐजेण्डा दिनुहोस, मानव बेचविखनको अन्त्य गर्न ति सवालहरु पुरा गर्ने प्रतिवद्धता दिन चाहन्छु”, मन्त्री गुरुङले बताए । राजधानी नजिककै अवस्थित बागमती प्रदेशमै झन बेचविखन बढिरहेको र कोभिड-१९को भाईरस जस्तै फैलिएको र बेचविखनका दलालहरु राजनितीमा समेत अगाडी आएको आरोप समेत उनले लगाए ।

    राष्ट्रीय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले प्रभावित सम्म राज्यको पहँुच हुनु पर्नेमा जोड दिईन् । र प्रभावितलाई सम्मानित तवरमा सेवा पुर्याउन जोड दिईन र नेपालको प्रयास आषालाग्दो भएपनी दिगोपनाको आवस्यकता रहेको बताईन् ।
    कार्यक्रमका वक्ताहरुका बिचारलाई मत्थै मानव अधिकार बिज्ञ अधिवक्ता पाठकले कानुनी सचेतना फैलाउनु पर्नेमा जोड दिईन् ।

    छलफलमा आफ्नो बिचार राख्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव गोमा ढकालले जिल्ला तथा स्थानिय तहमा जिल्ला समिती गठन प्रकृयामा लैजाने बताईन् । र संसोधन गर्नुपर्ने बिभिन्न ऐनका बिषयमा अघि बढिरहेको र संसोधन गर्नुपर्ने बिषय भएमा सुझावका रुपमा पठाउन समेत अनुरोध गरीन् ।

    एटविनले संयुक्त राष्ट्रसंघको मानव बेचबिखनविरुद्धको पार्लेमो प्रोटोकल अनुमोदन पश्चात् यसको प्रभावकारी कार्यान्वयनकालागि आवश्यक कानूनहरूको तथा संयन्त्रहरूको शंशोधन र निर्माण गर्न समेत माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु