• ग्रामिण र दुर्गम क्षेत्रकोलागी बरदान हुनसक्छ जेट सुट

    २३ आश्विन २०७७, शुक्रबार


    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ जेट सुट।

    यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण गरेको छ।जीएनएएएस र ग्र्याभटी इन्डस्ट्रीजले एक वर्ष लामो छलफलपछि यूकेको लेक डिस्ट्रिक्टमा जेट सूटको परीक्षण उडान गरेका छन्।हिँडेर पुग्न २५ मिनेट लाग्ने ठाउँमा उद्धार र प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू अब डेढ वा दुई मिनेटमै पुग्न सक्ने जीएनएएएसको भनाइ छ।

    जेट सुटमा ईन्धन सहितको ईन्जिनयुक्त झोला हुन्छ जसको मद्धतबाट जमिनबाट निश्चित फिटको उचाईमा उड्न सकिन्छ र बाटोको सुविधा नभएको स्थानमा पुग्न, या हराईरहेका व्यक्तिहरुलाई पत्ता लगाउन, उद्धार र उपचारको लागी उपयोगी हुने बिज्ञहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया