• एकैपटक पाँच जना शिशुका जन्म

    २० आश्विन २०७७, मंगलवार

    थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिएकि.छिन ।
    नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिएकिहुन् ।
    अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिईन् । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको जानकारी दिईन् । भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा मरेको छ भन्ने डा। मिश्राले भनिन्,“तर पेटमा पानी जमेकोले शल्यक्रिया गरेर बच्चा निकालेको बताईन् । उनले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिईन् । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आइसियुमा राखिएको छ ।
    अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा। सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताए ।
    अहिले जीवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उनले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु