• ७ महिना तोकिएको आयु बोकेर २० बर्ष देखि फेरि बाचेकी प्रेरणाको श्रोत शान्ति: एक एचआईभि संक्रमीत बेचबिखन प्रभावित अभियन्ता

    १६ आश्विन २०७७, शुक्रबार

    बेश्यालयबाट (यो सब्द प्रयोग गर्दा हुने मानमर्दन प्रति माफी चाहन्छौं) निस्केपछि नेपाल जान पाईने आषाले शान्ति पुलकित थिईन् शान्ति, तर सरकारी रिमाण्ड होम (सुधार केन्द्र)मा गरिएको दुर्व्यवहारबाट भने उनि बिछिप्त बनेकी थिईन् । नेपाल आएपछि आफ्नो थलो टेकेपछि मात्र उनलाई बाचेर फर्केको बिश्वास भयो । आमा बा परिवार र आफ्नो गाँउ सिन्धुली जान पाउने आषाले मन त्यस्सै रोेमाञ्चित भयो । तर एकपछि अर्को तुषारापात त्यतिखेर भयो जब उनि बसेको संस्थामा भेट्न आएको आफ्ना बाले आफु बेचबिखनमा परेको थाहा पाएपछि आफुसंग लैजान अस्विकार गरे ।

    मानव बेचबिखन प्रभावितहरुको उद्धार कार्य त एकदमै न्युन प्रायः त छ नै बेचविखन प्रभावितको स्वदेसफिर्ती कार्य झण्झटीलो र अव्यबस्थित छ । प्रभावितले गैरसरकारी संस्थाको समन्वयमा पुर्नस्थापना सेवा त लिईरहेका छन् तर प्रभावितको अर्थपुर्ण पुर्नमिलन गर्नु ‘फलामको च्युरा चपाउनु सरह’ छ भन्छिन् महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समुह (AATWIN) का सचिव बालकुमारी मगर ।

    शान्ति तामांग सिन्धुलीको भोर्लेमा गरिव परिवारमा जन्मेकी बालिका । ”लेकका हामि केटाकेटी कुहिरो भित्र स्कुल छ, पढ्न र लेख्न मुस्किल छ…… ” भन्ने गित उनकै लागि लेखिएको जस्तो थियो । परिवारकी जेठीछोरी शान्तिको जिबन नाँउ भन्दा बिल्कुल बिपरितार्थ भएको थियो। गाँउमा गलैचा बुनेर फर्कने महिलाहरुले नया कपडा र पैसो देखाएर लोभ्याउथे । परिवारको कलह, भाईबैनी पढाउने रहर अनि सहर हेर्ने र पैसो कमाएर राम्रो लाउने र मिठो खाने चहानाले शान्तिलाई काठमाण्डौं डोहोर्यायो र उनि जोरपाटीको एक गलैचा कारखानामा गलैंचा बुन्न थालिन् । चार महिनाको तालिम पश्चात महिनाको तिन सय आउने रोजगारी त मिल्यो तर एक बर्ष भित्रै सरकारले बालश्रमीकहरु भएका गलैचा धमाधम बन्द गर्न थालेपछि र बालबालिका उद्धार गर्न थालेपछी उनि रनभुल्लमा परिन् । त्यसैबिच एक बिचौलिया महिला र गलैचा साहुले कपडाको व्यापार गर्न भारतको बनारस जाने र महिनामा २० हजार कमाउन सक्ने आश्वासन दिए । उनिहरुको प्रस्तावलाई मान्दै शान्ति जस्ता ७ जना किशोरीहरु अन्जान गन्तव्य तर्फ लागे । तर त्यो गन्तव्य बनारस नभई बम्बैको यौनशाला थियो । उनिहरुलाई भुईभन्दा मुनि (अन्डरग्राउण्ड)कोठीमा राखिएको थियो । उनकोे होसहवास सबै उडिसकेको थियो, उनि बिद्रोह पनि गर्न नसक्ने कठपुतलि जस्तै भैसकेकी थिईन् । त्यो नर्कबाट उम्कन आफुलाई खरिदिएको रकम चुक्ता गराउनु पर्ने भनिएको थियो र त्यसै बापत उनि हर-हरेक अवस्थामा दैनिक १५ जना भन्दा बढि ग्राहकसंग सम्बन्ध बनाउन बाध्य हुन्थिन्। बेलामौकामा प्रहरीहरु छापा मार्न आँउदा उनहरुलाई कुनै गोप्य अध्यारो कोठामा कोचिएर लुकाईन्थ्यो । हरेक प्रकारका व्यक्तिहरुको अगाडी सर्मनाक भएर लुटीनुपर्दा अपराधबोधले उनलाई खुबै सताउथ्यो । शान्ति भन्छिन्, ”मैले नै केही अपराध गरेको रहेछु क्यारे जसले गर्दा आज यो नर्कमा आएँ जस्तो लाग्थ्यो । तर एकदिन उम्केर आएँ ।”

    उनलाई अन्डरग्राउण्डबाट अर्को कोठीमा लगियो, ”त्यो जमिन माथि नै थियो तर अध्यारो गल्लीबाट भित्र जानु प¥थ्यो, ग्राहकले बाहिरै फोटो हेरेर हामीलाई छान्थे र पैसा पनि पहिल्यै साहुहरुलाई दिईसकिएको हुन्थ्यो,” उनले एकै श्वासले भनिन् । महाराष्ट्र प्रहरीले बालिकाहरुको उद्धार गर्ने क्रममा उनिपनि उद्धार भईन् र १९९६मा उद्धार भएर नेपाल पुगेका सुनिता, चरिमाया अनि गोमाहरुले भोग्नुपरेको तिरस्कार र एयरपोर्टमा पत्रकारको व्यबहार कहि न कतै उनले सुनेकी थिईन् त्यसैले शान्ति र उनको साथि शर्मीला नेपाली (नाम परिवर्तन) नेपाल आउन मानेनन् र उनिहरुलाई बाल सुधार केन्द्रमा राखियो । उनले त्यहि अध्ययनलाई समेत अगाडी बढाईन् । पछि २ बर्षपछी नेपाल आएर उनी कक्षा ८ मा भर्ना समेत भईन् । शान्तिलाई लाग्छ, उनको परिवारले उनलाई आफुसंग लैजान नमान्नुमा समुदायको तिरस्कारको डर र संस्थाको परिवारलाई गर्नुपर्ने उचित परामर्ष नहुनु हो । नागरिकता बनाउन समेत गाँउ जाने बातावरण भएन, परिवार र आफन्तले उनिहरुको नाक कटाउन फर्कनु भन्दा उतै मरेको भए जातिहुने सम्म पनि भने । भरिएका गहका साथमा विगत स्मरण गर्दै शान्ति भन्छिन्, ”प्रहरी चौकीमा बेचिएकी केटी भनेर मेरो ठुलो फोटो टासिएको थियो, गाँउलेहरु बोल्दैनथे, कोहि अब गाँउका केटाहरुलाई बिगार्न कोठिवाली आई भनेर हेप्थे, कोहि कसैले खासखास खाुसखुस कुरा गर्दा पनि मेरै कुरा काटेका हुन् कि जस्तो लाग्थ्यो, त्यतिखेर मेरो मानसिक अवस्था समेत ठिक थिएन । म हिडेँभने एकोहोरो हिडिरहने भैसकेकी थिएँ ।”उनले थपिन्, ”त्यतिखेर मेरो फुपुको छोरोले मेरो अवस्था थाहापाएर पनि मलाई साथ दियो, हामिले बिहे ग¥यौं, मेरो अवस्था राम्रो थिएन, धेरै मान्छे हुँदा बेहोस हुने समस्या थियो ।”
    उनले कुकको तालिम लिएकी थिईन् र रेष्टोरेन्टमा काम गर्थीन्, जव उनि गर्भवति भईन् जचाउन जानेक्रममा डाक्टर नर्शले एचआईभि भएको सुचना दिए, बिस्वास नलागेर अर्को प्राईभेट मेडिकलमा जचाउन गईन् तर त्याहाँ पनि रिपोर्ट पोेजेटिभ आएपछी भने उनको संसार फेरी भासियो । चिकित्सकहरुले जम्मा ७ महिना मात्र बाच्ने समेत ठोकुवा गरे । काम गरेको ठाँउमा पनि उनलाई एचआईभि भएको थाहा पाएपछी उनको जागिर गयो । धन्न कोहि सहयोगी हातले उनलाई औषधीको ब्यवस्था गरे, नेपालमा पहिलो चरणमा परिक्षणकै रुपमा एचआईभिको रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी खाने पहिलो (संभवतः) महिला बनिन् उनि । शान्तिले पिएमटिसिटि प्रविधिबाट एचआईभि नेगेटिव छोरीलाई सुरक्षित जन्म दिईन्। बिभिन्न ठाउँहरुमा काम गर्ने क्रममा उनि जापान समेत पुगिन्, जापानमा पनि एचआईभि संक्रमीत भने पछि एकदमै भेदभाव गरेको उनको अनुभव छ त्यस कारणले उनले आफ्नो स्वास्थ स्थिती कसैलाई बताईनन् । लुकेर थुकसंग औषधी खाएर बाँचेर शान्ति नेपाल फर्कीइन् । तर सन २०१५मा उनको औषधी नपाउने समस्याले उनलाई गाल्यो, स्वास्थ नराम्रो संग बिग्रियो । त्यतिबेलाको कुरा संझीदै उनि भन्छिन्, ”छोरी अनाथालयमा थिईन्, उनि दैनिक रुपमा आफुले चिनेको जानेको विभिन्न संघ संस्था तथा सरकारी गैरसकारी निकायहरुको ढोका ढकढकाउदै म बाच्न चाहान्छु, मलाई सहयोग गर्नुस भन्दै कहिले रुदै त कहिले म जसरी भएनी निको हुन्छु भन्दै आफुले आफुलाईनै सम्झाउदै एकान्तमा रुदै जिवन र मृत्यसंग लडदै अगाडि बडी रहेको बेला उनलाई चिन्ने धेरै जसोले अब तिमी बाच्दैनौ होला, धेरै नहिड, यो संसार यस्तै छ, कोठामा नै बस भनेर सान्त्वना दिनेको कमी थिएन ।
    ”म लामो समय सम्म जिवन र मृत्यको लडाईमा मृत्युलाई जितेर अहिले एउटा सफल जिवन बचिरहेको छु म जस्तो मानव बेचबिखन प्रभावित तथा एच आइ भि संक्रमित महिला तथा बालबालिकाहरुले मैले जस्तो हरुले भोग्नु नपरोस भनेर शान्ति फाउण्डेसन नामक संस्थाको स्थापना गरी समुदाय केद्रित विभिन्न काम गरी रहेको छु ।”


    उनको भाग्यले औषधी पुनः नियमित भयो जिवन पुर्न जागृत भयो । तर एकदिन भुकम्प पछिकै समयमा एकदिन उनको ईमेल हेरिदिने कोहि भएन उनले बाध्य भएर ८ कक्षामा पढ्दै गरेकी आफ्नी छोरीलाई बिदेशबाट आएको म्यासेज उल्था गर्न भनिन्, जहाँ उनको विगतका बेचबिखन अनि एचआईभिका कथा लेखिएका थिए । छोरि त्यो हेरेपछी त्यसपछी ३ दिन बोलिन, पछि मलाइ भेट्ने सबैलाई उसले आन्टी तपाँई पनि दवाई खानुहुन्छ हो भनेर सोध्न थाली, शान्तिले संझाउदै बताउदैँ गईन्।

    ”सायद त्यसैले होला उ सानै उमेरमा परिपक्व र सवालप्रति संवेदनशीलपनि भएकी छे । पढाईमा पनि अब्बल छे ।”
    नेपालमा बर्षेनी हजारौ महिला तथा बालबालिकाहरु बेचविखनमा पर्ने गरेका छन् । शान्तिले बेचविखन प्रभावित महिलाहरुको संस्था शक्ति समुह, समेत काम गरिन् ।यस बिचमा एसएलसि समेत पास गरेर कलेजको अध्ययन गर्दै गर्दा शान्तिलाई कामको हौसला अझ बढ्दै गयो र शान्ती फाउण्डेसन सन २०१६मा जन्मियो । हाल यस संस्थाले ७ वटा जिल्लामा प्रतक्षरुपमा काम समेत गरिरहेको छ । शान्तिलाई एसियन पेन्ट्सले शक्तिरुपेण शन्थिता भन्ने डाइमण्ड पुरस्कारबाट सम्मानित समेत गरिसकेको छ । १० जना नोमिनेसनमा परेकाले कार्यक्रममा पुगेकि शान्तिलाई कोहि अगुवा महिला अधिकारकर्मीले ”तिमिजस्तो मान्छे यहासम्म आईपुग्नु नै ठुलो कुरा हो” भनेको अहिले पनि बिझ्छ । त्यो शव्द उनिप्रतिको माया थियो की तिरस्कार थियो उनले अझै सम्म बुझ्न सकेकी छैनन् ।

    किन यतिधेरै संस्था अनि यतिका बर्षको कार्यक्रम हुँदा पनि किन बेचविखन प्रभावित तथा एचआईभि संक्रमीत महिलाहरुको जिवनमा सोचेको जस्तो परिवर्तन आउन सकेन भन्ने सवालमा उनले कामको संख्यात्मकता मात्र उच्च छ तर गुणस्तरिय सेवा हुन नसकेको आरोप समेत लगाईन् । प्रभावितलाई ६ महिना पुर्नस्थापना गरेर एउटा सिलाई मेसिन किनेर दिएर गाँउ पठाएर समस्याको समाधान नहुने शान्तीको तर्क छ । अवसर दिनु मात्र हैन स्वयं प्रभावितमा पनि आत्म जागरुकता आउनुपर्ने उनको बिचार छ ।

    झण्डै पन्ध्र लाख नेपालीहरु बिभिन्न स्वरुपका मानव बेचबिखनका चपेटामा छन् । मानव अधिकार आयोगका अनुसार ३५, ००० नेपालीहरु मध्य १५ हजार पुरुष, १५ हजार महिला र ५ हजार बालबालिका सन २०१८मा बेचविखनमा परेका थिए। ७० प्रतिशत बेचविखन बैदेशिक रोजगारी तथा बाल श्रमका लागि भएको आयोगको तथ्यांकमा उल्लेख छ । भारतको यौनशालाबाट बर्षेनी १ हजार भन्दा बढि महिला तथा बालिकाहरु उद्धार भएर नेपाल फर्कन्छन् यद्धपी बेचविखन हुने मध्यबाट उद्धार हुने यो एक प्रतिशत बराबरको तथ्यांक मात्र हो । त्यतिमात्र हैन मनोरञ्जन तथा आतिथ्य सत्कारको क्षेत्रमा कार्य गर्ने २० प्रतिशत महिला तथा बालबालिकाहरु आधुनिक दासत्वको सिकार भएको तथ्यांक छ ।

    सफल पुर्नमिलनको लागि परिवार, समुदाय, गाउपालिका, वडा कार्यलय, बिद्यालय, मन्दिर, गैरसरकारी संस्था, पत्रकार सबैको भुमिका हुने उनको बिचार छ । ”मानव बेचविखन या महिला हिंशा अथवा एचआईभी भनेको पिडित प्रभावित या संक्रमीतको समस्या भन्ने सोच हटेर यो हामि आम समुदायको सवाल हो र यसको प्रमुख जिम्मेवारी सरकारको हो भनेर अघि बढ्नु पर्छ र सबै घटकहरु सहयोगी भएर अघि लाग्नु पर्छ जस्तो मलाई लाग्छ, ” शान्तिले भनिन् । त्यतिखेर उनकी छोरि उन्नती (नाम परिवर्तन) जो सामाजिक कार्यमा स्नातक गर्दै छिन् उनि ल्यापटप लिएर आमाको कार्यकक्षमा आईन् र भनिन्, ”म्याडम यो प्रोपोजल लेख्नु छ, एकछिन मलाई समय दिनुहुन्छ की?”

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु