• अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण

    १६ आश्विन २०७७, शुक्रबार

    अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू तत्काल क्वारेन्टाइनमा रहने बताएको सिएनएनले जनाएको छ ।

    राष्ट्रपति ट्रम्पका चिकित्सक तथा नेवी कमान्डर डा. सिन कोन्लीले बिहान एक वक्तव्य जारी गर्दै राष्ट्रपतिलाइ बिहीबार बेलुका कोरोना सङ्क्रमण भएको पुष्टि गरेकाछन् । राष्ट्रपति र प्रथम महिला दुवैजना अहिले ठिक पाइएको र उनिहरु निको नहुन्जेल ह्वाइट हाउसभित्रै बस्ने योजनामा रहेको बताईएको छ ।

    फेसबुक प्रतिक्रिया