• बेचिदै छन् छोराहरु, फर्केका बेचबिखन प्रभावित पुरुषहरुलाई सेवा पाउन अझै असहज

    १४ आश्विन २०७७, बुधबार
    • पढ्न भनेर नि बेच्दा रहेछन् : अर्जुन (बेचबिखन प्रभावित पुरुष)
    • यस्तो बिचमा रोग र भोक संग बाँचेर नेपाल त आईपुगे तर नेपाल झर्ने बित्तिकै कहा के गर्ने र कसलाई के भन्ने भन्ने समस्यामा अर्जुन मात्र हैन अर्जुन जस्ता धेरै बेचबिखन प्रभावित पुरुषहरु सेवा पाउन बञ्चित भैरहेका छन् ।
    • यो सत्य हो सरकारको आफ्नो संरक्षण गृह छैन, यसबारेमा सरकारले आगामी दिनमा सोच्ने बेला आएको छ
    • अंग प्रत्यारोपणका नाँउमा, बैदेशिक रोजगारीका नाँउमा होस या कुनै बहानामा बेचबिखन भएका पुरुषहरुको सहभागिता गराउने योजना छ तर बिविध कारणले सफल भएको छैन, हामि निकट भविस्यमा यो संजाललाई समावेसी बनाउने छौं ।: मानव बेचबिखन प्रभावितहको राष्ट्रीय सञ्जालकी संयोजक चरिमाया तामांग



    नुवाकोटका १९ बर्षीय अर्जुन ताांमांग आफुलाई नेपाल फर्केर आईपुगेको सपना जस्तो लागेको छ ।
    १ बर्ष अघि रिन काडेर होटेल म्यानेजमेन्ट पढ्न र संगै ईन्टर्नसिपको गर्दै शिक्षा र कमाईको आषामा चिनको बेजिंंग पुगेका तामांगको सपना त्यतिखेर नमज्जाले टुट्यो जव उनले आफुले पढ्न गएको कलेजमा होटेल म्यानेजमेन्ट भन्ने बिषयको लागि अनुमतीनै थिएन । एकातर्फ काठमाण्डौको ईन्स्टीच्युट नामको एजुकेसन कन्सल्टेन्सीले देखाएको सपना सबै झुटको रुपमा परिणत भएको थियो अर्को तर्फ कोरोनाको महामारी । यस्तो बिचमा रोग र भोक संग बाँचेर नेपाल त आईपुगे तर नेपाल झर्ने बित्तिकै कहा के गर्ने र कसलाई के भन्ने भन्ने समस्याले उनलाई पिरल्यो ।
    यस्तो समस्यामा अर्जुन मात्र हैन अर्जुन जस्ता धेरै बेचबिखन प्रभावित पुरुषहरु सेवा पाउन बञ्चित भैरहेका छन् ।
    कस्तो छ पुरुष बेचबिखनको अवस्था ?
    करिव ८० प्रतिशत बेचबिखन यौनका लागि हुने गरेको पाइएता पनि २० प्रतिशत बेचबिखन श्रम तथा अन्य प्रयोजनका लागि हुने गरेको छ । बिश्वव्यापीकरण संगैै भारतको यौनशाला केन्द्रीत चेलिबेटी बेचबिखनको बृहत स्वरुपका रुपमा मानव बेचविखन मध्य एसिया हुँदै दक्षिण अफ्रिका सम्म मानव बेचविखनकोरुपमा पुगिसकेको छ । मलेसिया, दुवाई कतार जस्ता देशमा श्रमका लागि हुने बेचविखनमा पुरुषको हिस्सा बाक्लो देखिएको छ भने बिस्तारै पुरुषहरु पनि यौन शोषणका लागि बेचविखन हुन थालिसकेको देखिएको छ । तथ्यांककै कुरा गर्ने हो भने वैदेशिक रोजगारीका नाममा १९ प्रतिशत नेपाली युवाहरु बेचबिखनमा पर्ने गरेका छन्। आन्तरिक बेचबिखनको अवस्था पनि उस्तै विकराल छ। ७ प्रतिशत युवाहरु आफ्नै देशभित्र बेचबिखनमा पर्ने गरेका छन्।
    अंग प्रत्यारोपणका नाँउमा हुने गरेको बेचबिखनका बिषयमा कुरा गर्ने हो भने पिपिआर नेपालको अध्ययन अनुसार काभ्रेमा ३६ जना बेचविखन पिडित पुरुषहरुरहेको अध्ययनले देखाउछ । तर मुद्धा प्रकृयामा भने जम्मा तिनवाट केसमात्र गएको देखिन्छ ।


    राष्ट्रीय मानव अधिकार आयोगको टिप रिपोर्ट अनुसार सन २०१७/१८ मा २७० जना बेचबिखन प्रभावित मध्य ७० जना पुरुषहरु रहेका थिए । राष्ट्रीय मानव अधिकार आयोग अनुसार सन २०१८ मा ३५,००० मध्य १५, ००० बयस्क पुरुषहरु बेचबिखनमा परेको तथ्यांक छ । संख्यात्मक हिसाबमा यो संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । यो नजरअन्दाज गर्ने बिषय नभएको पक्कै हैन भन्छिन् बेचबिखन प्रभावित र बालिकाहरुको हितमा कार्य गर्दै आईरहेको शक्ति समुहकी अध्यक्ष एवं मानव बेचबिखन प्रभावितहको राष्ट्रीय सञ्जालकी संयोजक चरिमाया तामांग ।

    मानव बेचविखन प्रभावितहको राष्ट्रीय सञ्जालमा पुरुष प्रभावित खै ?

    मानव बेचबिखन सवाल महिला पुरुष या जुनसुकै लैंगीक पहिचान भएका तथा जुनसुकै उमेर समुहका ब्यक्तिहरु माथि हुन सक्ने भएकाले मानव बेचबिखन प्रभावितको सवालमा कुरा गर्नुपर्दा यो सबै समुहलाई संबोधन गर्नुपर्ने हुन्छ । तर बेचबिखन प्रभावितलाई समेट्न बनेको मानव बेचविखन प्रभावितहको राष्ट्रीय सञ्जालमानै पुरुष प्रभावितको उपस्थिती सुन्य रहेको छ । केहि महिना अघि नै बेचबिखन प्रभावित पुरुषहरुको समेत सहभागीताको सुनिस्चितता गर्ने रणनिती कहा पुग्यो त भन्ने सवालमा चरिमायाले भनिन्, ”अंग प्रत्यारोपणका नाँउमा, बैदेशिक रोजगारीका नाँउमा होस या कुनै बहानामा बेचबिखन भएका पुरुषहरुको सहभागिता गराउने योजना छ तर बिविध कारणले सफल भएको छैन, हामि निकट भविस्यमा यो संजाललाई समावेसी बनाउने छौं ।”

    बेचबिखन प्रभावित पुरुषहरुको हकमा मन्त्रालयको योजना

    बेचबिखन प्रभावित पुरुषहरुको संख्या दिन प्रतिदिन बढिरहेको सवालमा बेचबिखन प्रभावित पुरुषहरुको लागी भने खासै ठोस कार्यक्रम ल्याईएको पाईदैन । केहि एन.जि.ओ./आई. एन.जि.ओ. का परियोजना भन्दा बाहेक सरकारको अलग्गै योजना के छ त भन्ने सवालमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख तथा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचिवालय प्रमुख गोमा पौडेल ढकालले मन्त्रालयका प्रवक्ता संगै कुरा गर्न अनुरोध गरिन् ।
    मन्त्रालयका प्रवक्ता टेक राज निरौलाका अनुसार गत आर्थीक बर्षमा ९ जना बेचबिखन प्रभावित पुरुषहरुको उद्धार गरेको तथ्यांक मन्त्रालय संग छ । संगै बेचबिखन प्रभावित पुरुषहरु लाई आवस्यक परेमा उद्धार तथा स्वदेसफिर्तीको लागि सहयोग गर्न सकिने ब्यवस्था छ तर यो व्यवस्था खासै कार्यान्वयनमा आउन नसकेको उनि स्विकार्छन् । निरौलाले भने, ”यो सत्य हो सरकारको आफ्नो संरक्षण गृह छैन, यसबारेमा सरकारले आगामी दिनमा सोच्ने बेला आएको छ ।”
    अब कुरा आउछ अर्जुन तामांग जस्ता बेचबिखन प्रभावित पुरुषहरुले उक्त सहयोग पाउन के गर्ने त? अर्जुन भन्छन्, खै सहयोग त हुन्छ भनेको सुनेको हो तर कसरी कहाँ गुुहार्ने थाहा छैन । म जस्ता धेरै समस्यामा परेर श्वासमात्र बोकेर आएका हरुको लागि सरकारले केहि गरोस ।
    (अर्जुन हाल एउटा संस्थामा आश्रयलिई रहेका छन् ।)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु