• बिर्खे (सुवास थापा) अन्तराष्ट्रिय सिनेमामा, भन्दैछन् ”लङ जर्नी टु गो” (भिडियो सहित)

    १२ आश्विन २०७७, सोमबार


    बिर्खे अर्थात कलाकार सुबास थापा अमेरिकामा अन्तराष्ट्रिय सिनेमामा अभिनय गर्दैछन् ।

    बिर्खेलाई चिन्छस, भिजिलान्ते, फेसबुक, सरि ल, जस्ता चलचित्रा अभिनय गरेका सुवास थापा नेपाली रंगमञ्च हुदै सिनेमा भित्रिएका थिए भने हाल उनि आफ्नो परिवारको साथमा अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा छन् । सुवास तथा उनकी श्रीमति कलाकार बिनी थापा रंगमंचका नाटक, डान्स र अभिनयका क्लिपहरु सामाजिक संजालमा राखेर वाहवाही बटुलीरहेका छन् । सुवास अभिनयमा पारंगत कलाकार हुन् भने बिनीको नृत्य उत्तिकै दमदार छ । उनिहरुले आफ्नो घरलाई रंगमञ्च झै माहोल दिएका छन् ।
    सुवास हाल अन्तराष्ट्रिय सिनेममा अभिनय गरेर चर्चामा आएका छन् । उनी अहिले ‘हाउ टु किप योर म्यान हयाप्पी ‘नामक सिनेमा अभिनय गर्ने अवसर पाएका छन् ।

    शिकागोका फिल्मकर्मि कन्ट्रेल राइटले निर्माण र निर्देशन गरेको सिनेमामा उनी देखिएका छन् । यसमा उनी सफल व्यवसायीको रुपमा देखिएका छन् । सफल व्यवसाय तर पारिवारिक जीवनमा असफल चरित्रमा उनले अभिनय गरेका छन् ।
    विवाहपछि श्रीमतिले छाडेर गएपछि उनी र छोरा एक्लै भएको कथा सिनेमा छ । अश्वेत परिवारमा बढ्दो सम्बन्धबिच्छेद संगै पुरुष र महिलाको एक्लो जिन्दगी संगै उनिहरुको छोराछोरी पारिवारिक कथा सिनेमा समेटिएको छ ।

    निर्देशक राइट आफैले लेखेको यो पुस्तककै कथा सिनेमामा उतारिएको हो । यो सिनेमा संगै सुबासले अन्तराष्ट्रिय सिनेमामा आफनो पहिलो पाइला राखेका छन् ।
    अहिले उनी अस्टिनमा पनेफोल्ड थिएटरसंग जोडिएर शेक्सपियरको दि टेम्पेस्ट नाटकको तयारीमा पनि जुटेका छन् ।
    हरेकखबर संगको कुराकानीमा सुवासले ‘लङ जर्नी टु गो’ भन्दै आफ्नो गन्तव्य हलिउड सम्म भएको ईंकित गरिकेका छन् ।

    फेसबुक प्रतिक्रिया