• १,२०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा सङ्क्रमित फेला

    ३ आश्विन २०७७, शनिबार

    शनिवार अपराह्णसम्म नेपालमा २४ घण्टामा गरिएको परीक्षणमा १,२०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६२,७०० नाघेको छ।सो अवधिमा ११ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ।मन्त्रालयका अनुसार अहिलेसम्म ४०१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा सङ्क्रमित फेला परिरहेका छन्।

    शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।अहिले देशभरि १७,१२९ जनामा सक्रिय सङ्क्रमण छ।तीमध्ये ९,१५३ जना संस्थागत आइसोलेशनमा र अरू ७,९७६ जना घरमै भएको मन्त्रालयले जनाएको छ।सक्रिय सङ्क्रमितमध्ये ९,५१४ अर्थात् आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्। त्यसमा पनि काठमाण्डौ उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।अहिले पुष्टि भएका सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या ७९६ को आधाभन्दा बढी अर्थात् ४०८ जना महिला छन्।

    काठमाण्डौमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी उपत्यकामा ७११ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये महिलाको सङ्ख्या २७८ छ।त्यसैगरी मोरङमा ३३, बारामा १११ र नवलपरासी पूर्वमा ४५ मा सङ्क्रमित भेटिए।केही सातादेखि उल्लेख्य सङ्ख्यामा महिलामा सङ्क्रमण देखिन थालेको छ। जनस्वास्थ्यविज्ञहरूले समुदायमा सङ्क्रण फैलिएको हुनाले धेरै महिलामा सङ्क्रमण देखिन थालेको सम्भावना औँल्याएका छन्।

    कोभिड-१९ सँग सम्बन्धित कारणले अहिले मृत्यु पुष्टि भएकामध्ये सात महिला र चार पुरुष छन्।उनीहरूको उमेर ३७ देखि ७७ वर्ष भएको मन्त्रालयले जनाएको छ।मृतकमध्ये पाँच जना काठमाण्डौ उपत्यका र एक-‍एक जना मोरङ, रौतहट, सर्लाही, मकवानपुर, रूपन्देही र बाँकेका हुन्।नेपालमा मृत्यु हुने सङ्क्रमितको प्रतिशत ०.६४ छ।

    विगत २४ घण्टामा १०,३३३ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।सो अवधिमा १,४४७ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४५,२६७ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।गम्भीर लक्षण भएका बिरामीमध्ये १७९ जना सघन उपचारमा र ३५ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।अहिले देशभरि ७,७३५ जना क्वारन्टीनमा छन्।

    Presentational white space

    Presentational white space
    Presentational white space

    फेसबुक प्रतिक्रिया