• नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला आईसियुमा

    १ आश्विन २०७७, बिहीबार

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।
    कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका कोईरालालाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर आईसियु कक्षमा उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
    उनको ज्वरो घटेको छ भने उनलाई निमोनिया भएको छ । महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

    फेसबुक प्रतिक्रिया