• उपत्यकामा जोर-बिजोर यथावत तर पसल अब हरेकबार खुल्ला

    ३१ भाद्र २०७७, बुधबार

    उपत्यकामा अब बार बिशेषको पसल खोल्ने नियम खारेज भएको छ। तत्काललाई यो व्यवस्था हटाईएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

    यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो । तर पनि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको छ भने खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ ।प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

    मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

    सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु