• ज्योतिषको संगतले धार्मीक भएकी निता ‘भागवत गीता’ निर्देशन गर्दै

    २९ भाद्र २०७७, सोमबार


    ज्योतीष हरिहर अधिकारी संगको सामिप्यतामा चुर्लुम्म डुबेकी नायीका निता ढुंगाना बहुत धार्मीक हुन थालेकी छिन् । श्रीमद भागवत गीता पढ्ने, पुजा आजा मात्र हैन, आजभोली त उनको टिकटकमा समेछ रातो पहेलो कालो टिका देखिन्छ । यसको श्रेय कतै न कतै हरिहरले त पाएका हैनन्? तर एक टेलिभिजन सो का क्रममा उनले आमेस ढुंगाना र हरिहर अधिकारीमा एकलाई रोज्न भन्दा उनले सकिनन् , आँखामा स्पष्ट प्रेम छल्किरहेको थियो । अब नीता ढुंगानाले वेब सिरिजमा हात हाल्दैछिन् । उनले आफ्नै लगानीमा ‘श्रीमद् भगवत गीता’ निर्माण गर्न लागेकी हुन् । कोरोना महामारी सामान्य भएपछि छायांकन सुरु हुने यो वेब सिरिजको निर्देशन पनि नीता स्वयंले गर्दैछिन् । २ करोडको लगातमा निर्माण हुने यो सिरिज करिब ४० भागको हुनेछ । सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्नेछ ।

    यो सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहनेछ । सेट निर्माणमा समय लाग्ने भएका कारण केही समयपछि ‘श्रीमद् भगवत गीता’ को छायांकन सुरु हुने नीताले जानकारी दिएकी छन् । यसपछि उनले आफ्नै लगानीमा चलचित्र ‘माया’ पनि निर्माण गर्दैछिन् । यसमा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ ।

    बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी नीता सन् २००२ मा निर्माण भएको चलचित्र ‘मितिनी’ मा बाल कलाकारको रुपमा थिइन् । यसपछि उनले सन् २००८ मा चलचित्र ‘अजम्बरी नाता’ मा अभिनय गरिन् । उनले लिड अभिनेत्रीको रुपमा भने चलचित्र ‘किसान’ बाट ब्रेक पाएकी थिइन् । अहिलेसम्म उनले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

    ‘नोटबुक, निर्भय, फूलै फूलको मौसम तिमीलाई, रातो टीका निधारमा, साइनो’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी उनी लकडाउनभन्दा अगाडि चलचित्र ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । नीर शाह निर्देशित चलचित्र ‘मसान’ लाई नीताको सम्झनलायक चलचित्रको रुपमा लिने गरिन्छ । उनलाई चलचित्र ‘६ एकान ६’ ले भने दर्शकको ठूलो वर्गमा चिनाएको थियो ।

    फेसबुक प्रतिक्रिया