• २४ घण्टामा गरिएको परीक्षणमा १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि,१५ जनाको मृत्यु

    २९ भाद्र २०७७, सोमबार

    सोमवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको छ।अहिलेसम्म ३६० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८७९ जना कोभिड-१९ मुक्त भएको प्रमाणित भएका छन्।
    अहिले देशभरि १५,३९३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,२७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।

    विगत २४ घण्टामा १०,वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा। गौतमले बताए।सो अवधिमा ८७९ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।आइतवार १,०३९ जना कोभिड-१९ पुष्टि भएको थियो। तीमध्ये आधाभन्दा बढी काठमाण्डौं उपत्यकाका थिए।

    फेसबुक प्रतिक्रिया