• यो बर्ष मात्रै नेपालभरमा २९१ वटा पहिरो,२६० जनाको ज्यान गयो ।

    २८ भाद्र २०७७, आईतवार

    प्रत्यक बर्ष नेपालको बिशेषतः पहाडी भुभागमा पहिरोबाट जनधनको क्षती भैरहेको छ।
    यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए ।
    पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो । त्यो पहिरोमा परेर ६३ जनाको ज्यान गयो भने २० जनाभन्दा धेरै हराइरहेका छन् ।
    यो बर्ष नेपालमा जुन १२ मा मनसुन भित्रिएको थियो । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २५० भन्दा धेरै र बाढीबाट ३६ जनाको ज्यान गएकोे छ । केन्द्रका अनुसार पहिरोमा परी ५० भन्दा धेरै जना र बाढीले बगाएर ३५ जना बेपत्ता भएका छन् ।
    मनसुन अझै सकृय छ । मनसुन अवधिमा ४३६ स्थानमा पहिरो गएको थियो । पहिरोका कारण ६६४ परिवार प्रभावित र १ सय ९० जना घाइते भएको केन्द्रले जनाएको छ । यसैगरी, मनसुन अवधिमा ७९ वटा बाढीका घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ४ ६४ परिवार प्रभावित भए भने नौ जना घाइते भएका थिए ।
    आइतबार बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये मध्यान्नसम्म सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए। पहिरोमा अझै २४ जना हराइरहेको अनुमान गरिएको उनले बताए ।
    शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ–ठाउँमा पहिरो गएको छ । माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उहाँले बताए । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो । पहिरोको कुनै पनि जोखिम नभएको ठाउँमा पहिरो गएपछि क्षति धेरै भएको उनले बताए। घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ ।
    नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीनसय जनाको मृत्यु बाढीपहिरोका कारण हुने गरेको छ । यस वर्ष मनसुन सुरु भएयता ११४ जनाले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा एक अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको छ ।

    राष्ट्रिय पुन निर्माण प्राधिकरण बाहेकका अरु सरकारी संयन्त्रले समग्र सिन्धुपाल्चोकको भूगोलको अनुशन्धान गरेका छैनन् । २०७२ सालमा आएको भुकम्पपछि सिन्धुपाल्चोकको भौगर्भिक अनुशन्धानमा धेरै ठाउँका बस्तीहरु बस्न उपयुक्त नरहेको विवरण पेश भएपनि त्यो कार्यान्वयमा आउन नसकेको त्रिचन्द्र क्याम्पसमा अध्यापनमा संलग्न भूर्गभविद् डा.सुवोध ढकालले बताए । उनले स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकारले कसले कुन ठाउँमा बस्ती बस्न ठिक हो भनेर कार्यान्वयन नगरेको कारण सिन्धुपाल्चोकमा क्षति धेरै देखिएको बताए ।
    सिन्धुपाल्चोकमा एकै पटक सबै भूगोलको चेकजाँच भएको छैन । हामी जस्ता भूगर्भविद्सँग समेत थोरै स्रोत साधनले नजिकैको ठाउँमा मात्रै अध्ययन अनुशन्धान भएका छन् । तर ति अनुशन्धानमा धेरै गम्भिर प्रकृतिका बिषयहरु पत्ता लागेको छ डा.ढकालले बताए ।
    सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पमा भन्दा पनि त्यो भन्दा पहिला आएका भूकम्पको असर देखा पर्न थालेका छन् । त्योभन्दा पहिला आएको भूकम्पमा गएका पहिरोमै मानव बस्ती रहेकाले मनसुनमा क्षति भएको उनले बताए। एक सय बर्षअघिका भूकम्पमा आएको पहिरोहरुमाथि कम भिरालो देखिएपछि मानव बस्ती बसेको र ५०÷६०, बर्षसम्म बस्ती बसेको ठाउँ सुरक्षित भएको ठानेर बस्ती घना हुँदै जाँदा सोही बस्तीमाथि पहिरो खस्न थालेको डा. ढकालको अनुमान छ ।
    भूगर्भमा जमिनका जोर्नीहरु हुन्छन् । एक भूगोल र अर्को भूगोल छुट्टाउने काम गर्ने जोर्नीहरुको संख्या सिन्धुपाल्चोकको भूगोलमा धेरै देखिएकाले पहिरोको उच्च जोखिममा परेको उनले बताए । भुकम्पले हल्लिएको जोर्नीहरु अबिरल बर्षाको कारण गलेर बग्न थालेको उनको भनाइ छ ।
    सुरुमा पहाडमा भएको बस्ती बेसीमा झर्न थालेको र पहाडको फेदमा नदी बग्ने भएकाले नदीले कटान गर्ने र पहाडको खुट्टा डोजरले सडक बनाउँदा काटिदिने भएकाले पहिरोको जोखिम धेरै बढेको उहाँले बताए ।
    सिन्धुपाल्चोकमा बर्षौअघि चीन तथा उत्तरी क्षेत्रमा रहेको हिमताल फुटेर आएको बाढीले नयाँ संरचनाहरु बनाएका छन् । त्यो संरचनाहरु बलौटे र पुरुवामाटो माथि बनेका छन् । त्यो माटो कसिएको हुँदैन । नकसिकएको माटोमाथि बसेका बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । उनले यो बिषयमा समेत खोजि गर्न आवश्यक रहेको उनि बताउछन् ।

    फेसबुक प्रतिक्रिया