• नेपाली सुशान्त सिंग राजपुत नजरपुरमा आँउदै

    २६ भाद्र २०७७, शुक्रबार

    कृषा चौलागाँईको आगामी चलचित्र नजरपुरको फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।


    नजरपुर नामक उक्त चलचित्रमा उनकै अघिल्लो चलचित्र पलाँसका नायक अयुव केसीको मुख्य भुमिका रहने पोष्टरबाट नै अन्दाज गर्न सकिन्छ ।फस्टलुकमा उनि एक हातमा चुरोट र अर्को हातमा रक्सी लिएर ढाढ देखाएर उभिएका छन् ।


    बिशेषतः म्युजिक भिडियोबाट चर्चा बटुलेका नायक अयुव केसी सालिन अभिनयमा माहिर छन्, अघिल्लो चलचित्रले पानि भन्न नसकेपनि चलचित्र पलाँसमा रेखा थापा, अयुव केसी र कामेस्वर चौरासियाको कामलाई खुवै रुचाईएको थियो । पलाँस नराम्रोसंग सुकेपछी मिडियाबाट हराए जस्तै भएका आयुव आजभोली सामाजिक संजालमा ”साउथलुक”का फोटोहरु अपलोड गरिरहेका हुन्छन् र केहिदिन अघिमात्रपनि उनले यस चलचित्रको पोष्टर सार्वजनिक गरेका छन् ।कोरोनाको माहामारी पछि छायांकनमा जाने र एक्सन तथा प्रेम बिशेष कथा रहने नजरपुरमा कृषा चौलागाँई आफैले निर्देशन गर्ने गाँईगुई सुनिएता पनि उनले यस बिषयमा खुलाएकी छैनन् । अयुव भने नगरकोटमा एक्सन सिक्दै गरेको क्लिपहरु टिकटक र फेसबुकमा आउनुले चलचित्र एक्सन प्रधान पनि हो भन्न सकिन्छ ।

    कतिपयले उनलाई सामाजिक संजालमा नेपालि सुशान्त सिंग राजपुत जस्तै पनि भनेका छन् ।

    फेसबुक प्रतिक्रिया