• सुशान्तको ड्रगको हालतमा अर्को भिडियो बाहिर

    २४ भाद्र २०७७, बुधबार


    भारतीय मिडियाको आतंकको त चर्चा गर्नै पर्दैन, एकपछि अर्को टिआरपि वाला जादुको खेला हुन्छ भारतीय न्युज च्यानलमा ।
    यसै बिच बलिउड अभिनेता सुशान्त सिङ राजपुतको हत्या कि आत्महत्या बिषयमा अनुसञ्धान चलिरहँदा र उनलाई बलिउडको नातावादले मारेको भनेर चर्चा भैरहदा उनि डिप्रेशनको सिकार थिए भनिएको बयान लागु औषधको लतमा थिए भन्ने सम्म पुगेको छ । सिआईविले यस मुद्धालाई हेरिरहेको छ भने यस घटनाको धेरै प्रमाणहरु नष्ट गरिएका भन्दै मुम्बै पुलिससम्म संकाको घेरामा आएको छ । यसै बिच जि न्युज नामक एक भारतीय मिडियाले सुशान्तको व्यक्तिगत भिडियो सार्वजनिक गरेको छ । जसमा उनि नशाको हालतमा छन् भनेर अन्दाज लगाउन सकिन्छ । रिया चक्रवर्तीको आवाज समेत उक्त भिडियोमा सुनिएको आधारमा रियाले बनाएको भिडियो भनेर स्पष्ट हुन सकिन्छ । जे होस सुशान्तको केशले लहरो सहित पहरो खिच्ने प्रयास भैरहेको छ । भिडियो सहित

    फेसबुक प्रतिक्रिया