• ब्लड-क्यान्सर पिडीत बालिकाको जिवनरक्षाका लागी सहयोग

    २३ भाद्र २०७७, मंगलवार

    सुनौलो शिक्षा नेपालले ब्लडक्यान्सरबाट पिडीत बालिकालाई उपचार सहयोग गरेको छ ।
    बिभिन्न व्यक्तिगतदाताहरुको सहयोग संकलन मार्फत ललितपुरकी ७ बर्षीय बालिका प्रेरणा दुलाललाई २ लाख १७ हजार रुपैया सहयोग प्रदान गरिएको संस्थाका प्रशासन तथा बित्त–प्रमुख सुवल श्रेष्ठले बताए ।


    मानव बेचविखन र बालसंरक्षणमा काम गर्दै आईरहेको उक्त सामाजिक संस्थाको कर्मचारी तथा सदस्यहरुले बिभिन्न तरिका मार्फत व्यक्तिगत सहयोगराशी जम्मा गरेको र नेपाल अमेरिका लगायतका बिभिन्न देशमा कार्यरत नेपालिहरुले सहयोग गरेको सहयोग अभियानमा अमेरिकामा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरेका सुनौलो शिक्षा नेपालका संस्थापक सदस्य केशव दहालले बताए । उक्त सहयोगबाट प्राप्त रकम संस्थाका अध्यक्ष आशिष दुुलालले बालिकाका बुवालाई बुझाएका छन्, संस्थाका पदाधिकारीहरुले चिकित्सकहरु संग बालिकाको स्वास्थ्य स्थितीबारे जानकारी समेत लिएका थिए ।


    आर्थीक अभावका कारण उपचारमा समस्या भएर दुखेसो पोखेका प्रेरणाका बुवा प्रेम प्रसाद दुलालले सबै सहयोगीहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । अझै ५ बर्ष नियमित उपचार गर्नुपर्ने प्रेरणाका उपचारमा संलग्न चिकित्सकहरुले बताए ।

    फेसबुक प्रतिक्रिया