• निवर्तमान अर्थमन्त्री बिशेष भुमिकामा सिंहदरवार छिर्ने तयारीमा

    २१ भाद्र २०७७, आईतवार

    प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई आफ्नो सल्लाहकार नियुक्त गरेर सबै मन्त्रालयको अनुगमन गर्नेगरि विशेष जिम्मेवारीसहित पूनः सिंहदरबारमा ल्याउने तयारी गरेको चर्चा छ ।
    खतिवडाले पनि आफ्ना निकटहरुसँग सल्लाहकार दिएर सबै मन्त्रालय हेर्ने अधिकार दिईए सबै मन्त्रालय र मन्त्रीहरुको व्यवस्थापन गरिदिने बताउन थालेका छन् ।

    उनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा केही मन्त्रीहरुले नटेरेको र पूरा असहयोग गरेको गुनासो समेत गर्न थालेका छन् । र, अब प्रधानमन्त्री ओलीले जिम्मेवारी दिएर सिंहदरबार भित्र्याए सबै मन्त्रीहरुमाथि लगाम लगाउने पनि उनको योजना छ । उनले भन्ने गरेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गरेर फेरि मलाई महत्वपूर्ण जिम्मेवारी दिए, म त्यो भूमिकामा खरो उत्रिनेछु ।’

    तर, खतिवडालाई प्रधानमन्त्रीको सल्लाहकार नबनाउन पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीलाई दबाब सिर्जना भैरहेको छ । हुन त हालै बसेको मन्त्रिपरिषद बैठकमा ओलीले खतिवडाले धेरै राम्रो काम गरेको भन्दै उनको कामको प्रशंसा गरेका थिए । र, आवश्यक परे बाहिर बसेर पनि सहयोग गर्नुपर्ने अवस्था आउनेबारे उनले सुझाएका थिए । जवाफमा उनले बाहिर बसेरपनि प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।

    उता, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि खतिवडालाई रुचाएका छैनन् । खतिवडालाई तत्काल कुनैपनि जिम्मेवारी नदिने प्रधानमन्त्रीको सचिवालय सदस्यहरुको योजना बनएका छन् । उनीहरुको बुझाईमा खतिवडा सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका होईनन ।

    फेसबुक प्रतिक्रिया