• ७० करोड काण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी

    २१ भाद्र २०७७, आईतवार

    ७० करोड कमिशन मागेको टेपकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको खुलेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेल्नुको पछाडी ओलीको बिशेष सदाशयता प्राप्त गर्न सफल बास्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनु नै रहेको श्रोतले बतायो ।

    बास्कोटा टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बन्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । यसैका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढेको छ ।

    बास्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र टेपको डिभाइस लिएर उपस्थित हुन पत्र लेखेको छ । तर, मिश्रले एक साताभित्र आउन नसक्ने जानकारी गराइसकेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चाटर्ड फ्लाइट मात्र भएकाले आफू एक हप्ताभित्र आउन नसक्ने बताए ।

    फेसबुक प्रतिक्रिया