• रियानबाट रिया बनेका किशोर (किशोरी) जो बाल्यकालमै पटक-पटक यौन शोषणमा परे!

    १८ भाद्र २०७७, बिहीबार
    • ”चित्त त्यती खेर दुख्थ्यो जव सर मिसहरुले नै ‘ए, छक्का पञ्जा’ भनेर बोलाउथे।”
    • ”म महिलाको सौचालय पनि जान सक्दैन थेंं किनकी म उनिहरुको नजरमा पुरुष थिँए र केटाहरुको सौचालय जान म डराउथें किनकी म आफ्नो नजरमा किशोरावस्था लाग्दै गरेको महिला थिएँ।”
    • ”जेनतेन बिद्यालय सकाएर कलेज पढ्न रामेछाप देखि काठमाण्डौ आएपछी उनले होटेलमा काम गरे, त्याहा पनि उनको आफ्नो यौनीक व्यवहारको कारण बिभिन्न हिंशा मात्र हैन बाल्यकालमै उनकै साहुले उनि माथी जवरजस्ती यौन शोषण समेत ग¥यो ।”
    • ”ति साथिहरुले काम नपाएर बाध्य भएर कमै उमेरमै यौन पेशा अंगालेका छन् यसको लागि दुई चारवटा एनजिओको मात्र भर परेर हुदैन, सरकार जिम्मेवार बन्नु पर्छ।”

    १९ बर्षका रियान शर्मा घरमै बस्छन्, सामान्य दिन चर्या छ उनको जसै उनि घरबाट बाहिर निस्कन्छन्, अन्यको नजरमा रिया फरक देखिन्छन् किनकी उनि रियान बाट रिया रिया भैसकेकी हुन्छिन् ।
    त्यसोत रियालाई रियान भन्दा रिया नै भनिन मन पर्छ, उनलाई आफु जन्मजात छोरा भएतापनी आफ्नो सामाजिक लिंग छोरीको भएको महशुष गर्छीन् उनि । अर्थात उनि एक ‘ट्रान्सजेन्डर’ वुमन हुन् ।
    ‘एलजिबिटिआईक्यु’ समुदाय जसमा ‘एल’ भन्नाले ‘लेस्वियन’ जो महिला हो र महिला प्रति आकर्षीत हुन्छन्, ‘जि’ अर्थात ‘गे’ जो पुरुष हो र पुरुष प्रति आकर्षीत हुन्छन् । त्यसैगरी ‘बि’ अर्थात ‘बाईसेक्सुअल’ अर्थात त्यस्ता पुरुष या महिला जो दुवै पुरुष या महिला प्रति संवेगात्मक या यौनीकरुपमा आकर्षीत हुन्छन् साथै ‘टि’ भन्नाले ‘ट्रान्सजेन्डर’ जो जन्मजात पाएको जेन्डर भन्दा फरक भुमिकामा आफुलाई पाँउछ, अर्थात जन्मजात महिला भए पुरुष जस्तो तथा जन्मजात पुरुष भए महिला जस्तो भुमिकामा आफुलाई सहज बनाउछ भने त्यस्तो व्यक्तिलाई ‘ट्रान्सजेण्डर मेल या ट्रान्सजेण्डर फिमेल’ भन्ने गरिन्छ । आई अर्थात ‘ईन्टरसेक्स (अन्तरलिंगी)’ त्यस्तो ब्यक्ति जो जैविकरुपमा परम्परागत पुरुष या महिला भन्दा फरक हुन्छ, यौ दुवै प्रकारको यौनांग भएको या नछुटिने प्रकारको यौनांग उनिहरुमा हुन्छ । ‘क्वेर’ भन्नाले त्यस्ता व्यक्ति जो नत समलिंगी हो नत उ न परलिंगीनै ।
    रियालाई सानै देखि आमाको कपडा लगाउने घरधन्न्दा गर्न मन पर्थ्यो तर बा आमाले यस्तो गर्नु हुन्न भन्थे तर पछि बानि सुध्रेला भनेर खासै केहि गरेनन् तर अफसोच बिद्यालयमा पाउनु नपाउनु सम्मको दुरव्यवहार खप्न बाध्य भए उनले । ”म महिलाको सौचालय पनि जान सक्दैन थेंं किनकी म उनिहरुको नजरमा पुरुष थिँए र केटाहरुको सौचालय जान म डराउथें किनकी म आफ्नो नजरमा किशोरावस्था लाग्दै गरेको महिला थिएँ” ।

    उनलाई सौचालयमै कहिलेकाहीँ केटाहरुले छेडखानी गर्थे, कहिले ‘तेरो देखा न कस्तो छ’ भन्ने आदी यौन दुरव्यवहार उनकै साथिहरुबाट हुन्थ्यो किनकी उनको हाउभाउ अन्य बिद्यार्थीको भन्दा फरक थियो । मलाई सबै भन्दा बढि त चित्त त्यती खेर दुख्थ्यो जव सर मिसहरुले नै ‘ए, छक्का पञ्जा’ भनेर बोलाउथे, पाठमा गलत भयो भने अगाडी आएर नाच्न लाउने र मजाकको पात्र बनाउने गर्थे ।
    जेनतेन बिद्यालय सकाएर कलेज पढ्न रामेछाप देखि काठमाण्डौ आएपछी उनले होटेलमा काम गरे, त्याहा पनि उनको आफ्नो यौनीक व्यवहारको कारण बिभिन्न हिंशा मात्र हैन बाल्यकालमै उनकै साहुले उनि माथी जवरजस्ती यौन शोषण समेत ग¥यो । उनले काठमाण्डौ आएपछी आफ्नो बारेमा बुझिसकेकी थिईन् र त्यसपछी रिया बाट उनि रियान बनिन् । कपडा हाउभाउ मेकअप उनले चाहेजस्तै गरेर उनिकाममा जान्थीन् । काममा उनको यौनीकताकै कारण उनले पाउने बिभेद कायम रहिरह्यो उनले काम गरेको त्यस रेष्टोरन्टमा अझै आफ्नो तलब लिन बाँकी रहेको बताउछिन् रिया ।
    हाम्रो देशमा समलिंगी र तेस्रोलिंगीको संख्या धेरै छ । जसको तुलनामा उभयलिंगी र अन्तरलिंगीको संख्यालाई न्यून मान्न सकिन्छ । त्यसैले पनि लैंगिक तथा यौनिक अल्पसंख्यक भन्नासाथ धेरैको दिमागमा समलिंगी र तेस्रोलिंगी भन्ने पर्न जान्छ । यसरी परिभाषित गर्दा अन्य सम्बन्धहरूको पहिचान गुम्ने देखिएपछि एलजिबिटिआईअन्तर्गत राखेर उभयलिंगी तथा अन्तरलिंगीलाई पनि समेट्न थालिएको हो । लैंगिक तथा यौनिक पहिचानका आधारमा नेपालमा करिब ६ लाख एलजिबिटीआई समुदायका मानिस रहेको नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । उनका अनुसार १३ सयजनामा गरिएको परीक्षणबाट करिब ३ प्रतिशत मानिस यस समुदायका भेटिएका थिए । अन्तर्राष्ट्रिय मान्यताअनुसार कुल जनसंख्याको १० प्रतिशत मानिस लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हुन्छन् । तर, नेपालमा भने यस समुदायका कति मानिस छन् भन्ने तथ्यांक कुनै निकायसँग छैन । यस समुदायका मानिसले महिला वा पुरुषको नाममा नागरिकता लिएको र उनीहरू खुलेर बाहिर आउन नचाहेका कारण यकिन संख्या पत्ता लगाउन नसकिएको अधिकारकर्मी श्रेष्ठ बताउँछिन् । देशभर यस समुदायका करिब ४ लाख मानिस आफूहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा रहेको उनको भनाइ छ । खुलेर बाहिर आउन नचाहनेको संख्या यकिन गर्न नसकिए तापनि ६ लाखभन्दा बढी एलजिबिटिआई समुदायका मानिस नेपालमा रहेको भूमिका बताउँछिन् । तर, केन्द्रीय तथ्यांक विभागसँग यससम्बन्धी कुनै तथ्यांक छैन । जसका कारण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिस नेपालमा कति छन् भन्ने आधिकारिकता पाउन गाह्रो छ । तथ्यांक विभागका एक कर्मचारीका अनुसार पछिल्लो जनगणनामा उनीहरूको संख्या छुट्याउने प्रयास गरिए तापनि धेरै खुल्न नचाहेका कारण सम्भव भएन । तर, खुलेकामध्ये दुई लाखको संख्या गणना गरिएको उनी बताउँछन् ।
    गौसाला आसपासको उक्त रेष्टोरेन्टमा काम गर्ने क्रममा साहुले समलिंगी भएको थाहा पाएर आफुले मात्र यौन शोषण गरेन उसको साथिलाई समेत ल्याएर यौन शोषण गर्न लगाउथ्यो । १७–१८ बर्षको उनि मानसिकरुपमा यति आत्तिएकी थिईन् कि उनि साहुले जे भने पनि डराएर बस्ने र प्रतिकार गर्न नसक्ने भैसकेकी थिईन्, अन्त्यमा हिम्मत जुटाएर उनि उक्त स्थलबाट भागिन् र अहिले भक्तपुरमा परिवार संगै छिन् ।
    कुनै समय विश्व स्वास्थ्य संगठन र अमेरिकी मनोरोग चिकित्सा संघले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई रोग वा कुनै मनोवैज्ञानिक असरका कारण भएको जन्मको रूपमा व्याख्या गर्ने गर्थे । तर, पछि आफ्नो परिभाषामा परिवर्तन गर्दै यसलाई उनीहरूले जन्मजात आउने नितान्त प्राकृतिक गुणको रूपमा व्याख्या गरे । हाल यसलाई स्वाभाविक यौन–सम्बन्ध र प्राकृतिक मानिएको छ । तैपनि परम्परागत सोच, ज्ञान एवं संस्कारका कारण कतिपयले यसलाई रोग र मानसिक विचलनका रूपमा लिने गरेका छन् । जुन सोच निच भएको अधिकारकर्मी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘एलजिबिटिआई समस्या होइन, यो नितान्त प्राकृतिक कुरा हो । तैपनि हाम्रो समाजमा यसलाई कुनै शारीरिक वा मानसिक समस्याको रूपमा व्याख्या गरेर यस समुदायका मानिसको हक, अधिकार र पहिचान खोस्ने काम भएको छ ।’ प्राकृतिक रूपमा जन्मजात देखिने फरकपनलाई रोगको संज्ञा दिनेहरू नै मानसिक रोगी भएको उनको बुझाइ छ ।

    स्नातक तह पहिलो बर्षमा अध्ययनरत रिया अहिले पनि रियानकै रुपमा कलेज जान्छिन् , परिवार र समाजमा खुल्न नसकेकी रियालाई पुरुषको भुमिका अभिनय गरेझै हुन्छ र निस्सासिए झै हुन्छ ।
    ‘अहिले त म अलि बलियो भएको छु तर कतिपय साथिहरु यस्ता बिविध कारणले डिप्रेसनमा गएका छन्, परिवारले निकालेका छन्, कुलतमा फसेका छन् , कति साथिहरुले काम नपाएर बाध्य भएर कमै उमेरमै यौन पेशा अंगालेका छन् यसको लागि दुई चारवटा एनजिओको मात्र भर परेर हुदैन, सरकार जिम्मेवार बन्नु पर्छ, हाम्रो संरक्षणमा सरकारको दायित्व छ ।’ रियानबाट रिया बनेकी उनले सुक्सुकाउदै बताईन् । ( उनको गोपनियताको अधिकारको संरक्षणको लागी नाम थर परिवर्तन गरिएको छ ।)

    सुरज राई लैंगीक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्छन् ।

    फेसबुक प्रतिक्रिया