• किशोरका कुराः आत्तिएरै कटाउछन किशोरावस्था ‘केटाहरु’, यौन हिंशाको जोखिममा समेत किशोरहरु

    १३ भाद्र २०७७, शनिबार
    • बिशेषगरी सडकबालकहरु ७० प्रतिसत जस्तो बालकहरु यौन शोषणबाट प्रताणित भएका हुन्छन्
    • ललितपुर जिल्ला अदालतले करणी गर्ने युवकलाई जबर्जस्ती करणी र अप्राकृतिक मैथुन मुद्दाअन्तर्गत ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गर्यो ।
    • १७ बर्षका अर्जुन श्रेष्ठ (नाम परिवर्तन) हाल डिप्रेसनको औषधी सेवन गरिरहेका छन् । उनलाई केटा मान्छेहरु संग डर लाग्छ । १० बर्षको उमेरमा होस्टलमा आफु भन्दा सिनियर होस्टलको एक जना केटाले पटक पटक यौन दुव्र्यवहार गरेपछि उनि मानसिकरुपमा एकदमै आत्तिएका र ग्लानी महशुष गरिरहेका थिए । उसले कसैलाई नभन्न दवाब दिन्थ्यो र मलाई एकदमै माया देखाउथ्यो र मेरा अभिभावकले पनि एकदमै खुसी महशुष गर्दथे, त्यो घटनाले आज मलाई यस्तो बनाईदियो, उनले बताए ।
    • आर्थिक वर्ष २०७५र७६ मा २ सय ५२ जना बालबालिका यौन दुर्व्यवहारमा परेका थिए । त्यसमा १८ जना बालक छन् । २०७४र७५ मा २ सय ४३ जना बाल यौन दुर्व्यवहारमा परेकामा ७ जना बालक रहेको परिषद्को तथ्यांक छ ।
    • साथिहरुको लहलहैमा लागेर यौन सम्बन्धी कुरा गर्न मनपराउने, पढाईमा मन नगर्ने र लहैलहैमा पोर्नसार्ईटहरु हेर्ने, आफ्नो र आफ्नो साथिको यौन अंगका बिषयमा चासो, हस्तमैथुन लगायतका बिषयमा पुर्ण नबुझीकन यस्ता बिषयमा बढि कौतुहलता हुँदा अनि परिवारको सल्लाह नहुदा किशोरहरु जानी नजानी कैलेकाहि यौेन अपराधमा समेत संलग्न हुन सक्छन् ।

    शिर्षकबाट नै अनुमान लगाईयो होला पक्कै पनि, या झन अलमल्ल पो बनायो की, यसका लागी क्षमा चाहन्छु । प्रायजसो महिला र बालबालिकाको कुरा गरिरहदा पुरुष अनि किशोरको कुरा कम प्राथमिकतामा परेको त हामिहरुले महशुष गरेकै हुन्छौं । फेरी पत्रकारीताको भाषामा जसको आवाज सुनिएन या जो बढि समस्यामा छ त्यसकै बिषयमा चर्चा परिचर्चा हुने गरेको छ, तर पुर्ण बास्तविकता भने यस्तो छैन । हामिले सदैव महिला हिंशा र बालिका माथिको हिंशा तथा बिभेदका बिषयमा चर्चा गरेका छौं र यो चर्चा अपरीहार्य पनि छ । तर यसै बिषयको चर्चा भैरहदा संगै अर्को पाटो चटक्कै बेवास्ता गरिनु भने असन्तुलन पक्कै हो ।
    कुरा गरौं बालक तथा किशोरहरुकोः
    जसरी हामि बालबालिका माथिको हिंशा भन्छौं, के हामिले बालकहरुले भोगिरहेको हिंशाका बिषयमा गहिरिएर अध्ययन गर्ने प्रयास गरेका छौं त? कतै बालकहरुले भोगिरहेका हिंशा केहि फरक त छैन? समग्रमा बालबालिकाहरुले भोग्ने हिंशा उस्तै प्रकारका भएता पनि समुदायका कतिपय अभिभावकलाई बालकहरुले भोगिरहेको हिंशाका बिषयमा अनबिज्ञनै हुन्छन् ।
    भोईस अफ चिल्डेनका राजु घिमिरे भन्छन्ः बालबालिका मध्य बालकहरु पनि बिभिन्न हिंशाबाट पिडित छन्, उनिहरुमाथि पनि यौन शोषण भैरहेको हुन्छ तर तर समाजले यस बिषयमा त्यति चासो भने दिईएको पाईन्न । बिशेषगरी सडकबालकहरु ७० प्रतिसत जस्तो बालकहरु यौन शोषणबाट प्रताणित भएका हुन्छन्, यस्तो अवस्था परिवार भित्रै पनि नभोगेका होलान भन्न सकिन्न । अतः हरेक अभिभावक आफ्ना छोरीहरु जस्तै छोराहरु प्रति पनि संवेदनशील हुन जरुरी छ ।
    बालकहरु बलिया हुन्छन् उनिहरुलाई केहि हुदैन अझ खुलेर भन्दा बालक माथि यौन हिंशा हुदैन भन्ने धेरैको सोच हुन्छ तर बालकहरु पनि घर परिवार या समुदायमै यौन शोषण तथा हिंशाको सिकार भैरहेका हुन्छन् । बालश्रमको चपेटामा बालकहरु पनि ृउस्तै छन्, सडकबालकका रुपमा रहेका बालकहरुको संख्या बालिकाको भन्दा कयौं ज्यादा छ ।
    २०७५ साउनमा बालयौन दुराचारमा दुई फ्रान्सेली नागरिक पक्राउ परे । स्वदेश फर्किन लागेका ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशालाबाट पक्राउ गरेको थियो । कागेश्वरी मनहरामा डेरा लिई बस्ने उनीहरूले त्यसैलाई बालयौन दुराचारको थलो बनाएका थिए । चुपाउ यसअघि पनि बालयौन दुराचारकै आरोपमा समातिइसकेका थिए । उनीहरूले बालकलाई फुटबल, चकलेट, स्पोर्ट्स ड्रेस किनिदिने, स्विमिङ पुलमा पौडी खेल्न लैजाने जस्ता प्रलोभनमा पारी यौन दुराचार गर्दै आएका थिए ।
    प्रहरीले २ वर्षअघि दुई जना बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जर्मन नागरिकलाई समात्यो । राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार ती नागरिकले काभ्रेमा घर भाडामा लिएर बालकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएका थिए ।
    प्रहरीले ३ वर्षअघि ललितपुर बगलामुखी मन्दिरबाट एक १२ वर्षीय वर्षीय बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय खड्गी थरका युवकलाई पक्राउ गरी मुद्दा दर्ता गर्यो । ती बालक मन्दिर क्षेत्रमा मागेर खाने एक महिलाका छोरा थिए । ललितपुर जिल्ला अदालतले करणी गर्ने युवकलाई जबर्जस्ती करणी र अप्राकृतिक मैथुन मुद्दाअन्तर्गत ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गर्यो । करणी गरेका युवक नक्खु कारागारमा कैदी जीवन भुक्तान गरिरहेका छन् ।
    यी केही प्रतिनिधि घटना हुन्, जसले बालक पनि यौन दुर्व्यवहारमा पर्ने गरेको पुष्टि गर्छन् । बालकमाथि हुने अधिकांश यौन दुर्व्यवहार गोप्य हुने गरेको बाल अधिकारकर्मी बताउँछन् । उनीहरूका अनुसार सामाजिक बहिष्कार, आफन्तको संलग्नता, कमजोर आर्थिक अवस्था, समलिंगी भनेर हेप्नेलगायत कारणले प्रायस् बालकले आफूमाथि भएका यौन दुर्व्यवहार गोप्य राख्ने गरेका छन् । कतिपय घटना भौगोलिक विकटताका कारण पनि प्रकाशमा आउन नसकेको बाल अधिकारकर्मी विश्वराज वज्राचार्यको भनाइ छ । ‘केटाकेटी होटल, रेस्टुरेन्टमा गए शंका गर्छन् तर केटाकेटा एउटै कोठामा फेला परे प्रहरीले केही गर्दैन । बालकमाथि यौन शोषण बढ्नुका विभिन्न कारणमध्ये यो पनि एउटा हो,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्छ ।’
    प्रत्येक वर्ष बालक यौन हिंसाका घटना बढ्दा छन् । आर्थिक वर्ष २०७५र७६ मा २ सय ५२ जना बालबालिका यौन दुर्व्यवहारमा परेका थिए । त्यसमा १८ जना बालक छन् । २०७४र७५ मा २ सय ४३ जना बाल यौन दुर्व्यवहारमा परेकामा ७ जना बालक रहेको परिषद्को तथ्यांक छ । प्रायस् यस्ता घटना छिमेकी र आफन्तबाट हुने गरेका छन् । एक तथ्यांक अनुसार बिश्वमा ५४ प्रतिशत यौन शोषणको पिडितहरु बालक हुन्छन् । मोबाइलको पहुँच १००५ भन्दा अधिक र इन्टरनेटको पहुँच ६३५ रहेको अवस्थामा काठमाडौंमा सम्पन्न गरेको सर्भेक्षणले ७५५ सहभागीहरु समक्ष संभावित अनलाइन शोषणबाट आफूलाई सुरक्षित राख्न पर्याप्त सुचना उपलब्ध नभएको अवस्था देखिएको थियो । सर्भेक्षणमा करिव १५५ बालबालिकाले अनलाइन शोषणको अनुभव सुनाएका थिए । शोषण अनुभवबारे बताउनेमा ४७५ बालक र ५३५ बालिका थिए ।
    यसले के संकेत गर्छ रु यौन हिंसा वा दुर्व्यवहार भन्नेबित्तिकै हाम्रो पितृसत्तात्मक देशमा बालकमाथि हुने यौनहिंसालाई पुरुषार्थमा जोडेर हेरेको पाइन्छ । अर्थात् पुरूषबाट महिला पीडित छन्, पुरुष होइन । तर यथार्थ यो सोचाइभन्दा विल्कुलै फरक छ ।
    बालकहरू यौनहिंसामा परेका उदाहरण प्रशस्तै पाइन्छन् । सामाजिक सेवाका आवरणमा यस्ता कुकृत्य नेपालमा संस्थागत रूपमै फस्टाएको छ । जसका मतियार स्वयम् नेपाली नै हुने गरेका छन् ।
    नेपाली बालकमाथि विभिन्न बहानामा गरिएका यी यौन शोषणका पीडकहरू केवल प्रतिनिधि पात्र मात्र हुन् । बाह्य पर्यटनसँगै यौन दुराचारीहरू ९पेडोफिल० पनि आउने गर्छन् । बालकसँग नजिक हुँदै विदेशी नागरिक माया र स्नेहमार्फत थाहा नपाउने गरी यौन दुराचार गरेको पाइएको छ ।
    बालगृह, विद्यालय, स्वयम्सेवकजस्ता नाममा आएर नेपाली बालकमाथि यौनशोषण गरेका घटनाहरू निरन्तर बाहिर आउन थालेका छन् ।
    ‘यसो नगरे वयष्क भइँदैन’ भन्दै यौनाङ्ग छुन, चलाउन लगाई गरिएको यौन दुर्व्यवहार कसरी बाहिर आउँछ रु साथै, नुहाउँदा, कपडा चेन्ज गर्दा, बालकलाई माया गरेजस्तो गरी यौनाङ्ग छोएर सुरू हुने दुराचार अप्राकृतिक यौन सम्पर्कसम्म पुग्न, लाग्न धेरै समय नलाग्ने स्वयम् दुराचारीहरूले बयान दिने गरेका छन् । जब कि हामी बालकमाथि यौनहिंसा भएको विश्वास नै गर्न सक्दैनौँ ।
    विश्वव्यापी अध्ययनहरूको दाबी छ– जब एक वयष्क र एक बालबालिका नजिक वा एकान्तमा हुन्छन्, तब यौन दुर्व्यवहारको शृङ्खला सुरू हुन्छ ।
    यसमा प्रत्येक ४ वटा घटनामा एक बालक पीडित भएको पाइनेसमेत उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००२ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भित्रिने पर्यटकमध्ये ६७ प्रतिशत पर्यटकले सडक बालकहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको उल्लेख छ ।

    किशोरको कथा झन रहस्यमय पिडादायकः
    १७ बर्षका अर्जुन श्रेष्ठ (नाम परिवर्तन) हाल डिप्रेसनको औषधी सेवन गरिरहेका छन् । उनलाई केटा मान्छेहरु संग डर लाग्छ । १० बर्षको उमेरमा होस्टलमा आफु भन्दा सिनियर होस्टलको एक जना केटाले पटक पटक यौन दुव्र्यवहार गरेपछि उनि मानसिकरुपमा एकदमै आत्तिएका र ग्लानी महशुष गरिरहेका थिए । उसले कसैलाई नभन्न दवाब दिन्थ्यो र मलाई एकदमै माया देखाउथ्यो र मेरा अभिभावकले पनि एकदमै खुसी महशुष गर्दथे, त्यो घटनाले आज मलाई यस्तो बनाईदियो, उनले बताए ।
    एक बालिका किशोरी बन्छे, महिला र बालबालिका माथिको हिंशा र शोषण बाट बच्न उनलाई परिवारले सिकाउछ, अझ बिशेष उनको आमा दिदिले उनलाई तयार गर्दछन् । कसरी समुदायमा भैपरी आउन सक्ने यौन हिंशाबाट कसरी बच्ने लगभग व्यवहारीकरुपमा तयार पारिसकिएको हुन्छ । हुनत यहा हिंशा भन्ने बित्तकै यौन हिंशाको मात्र कुरा गर्नु यो आलेखको उदेश्य त हैन तर पनि सामान्यतया आमाले एउटी बालिकालाई परम्परागत शैली नै सहि तर केहि न केहि सिकाएका हुन्छन् । साँझ बाहिर एक्लै दुक्लै नहिड, या कपडा यसरि लगाउ भनेर सिकाउने मात्र हैन, महिनावारी भनेको के हो, महिनावारी हुँदा के हुन्छ, अब के गर्ने कसरी प्याड या घरेलु सामाग्रीबाट प्याड लगाउने आदी ईत्यादी ज्ञान परिवारमा आमा या अन्य बुज्रुक महिला सदस्यले सिकाउछन् । सांस्कृतीकरुपले पनि केहि न केहि सघाएकै छ ।
    तर बालकहरु जसै किशोरावस्थामा प्रवेस गर्छन् र उनिहरुमा एक प्रकारको जोश या उवाल देखा पर्छ, तर उनिहरु अनबिज्ञ जस्तै हुन्छन् या त गलत ज्ञान र संगतले गर्दा उनिहरु जोखिममा पर्न सक्छन् । परिवारमा छोरीलाई जस्तो गरि छोरालाई यौन शिक्षा दिने प्रचलन पाईदैन जसले गर्दा आफ्नो सरिरमा भैरहेको परिवर्तन के हो उनिहरुले बुझ्न सक्दैनन् ।
    साथिहरुको लहलहैमा लागेर यौन सम्बन्धी कुरा गर्न मनपराउने, बिपरितलिंगी (सामान्यतया) प्रतिको आकर्षण बढ्दै गएको महसुष गर्छन् जसरी एक किशोरी महिनावारी हुँदा उनलाई परिवारले सिकाउछ तर त्यस्तै स्वप्नदोषबारेमा अनबिज्ञ किशोरको मनमा चल्ने द्वन्द र उसलाई दिईनुपर्ने सहि ज्ञान दिइन सकिएको पाईदैन, फलस्वरुप झोक्राउने, पढाईमा मन नगर्ने र लहैलहैमा पोर्नसार्ईटहरु हेर्ने, आफ्नो र आफ्नो साथिको यौन अंगका बिषयमा चासो, हस्तमैथुन लगायतका बिषयमा पुर्ण नबुझीकन यस्ता बिषयमा बढि कौतुहलता हुँदा अनि परिवारको सल्लाह नहुदा किशोरहरु जानी नजानी कैलेकाहि यौेन अपराधमा समेत संलग्न हुन सक्छन् । उनिहरुलाई खुलस्त संग साथि संझेर आफ्नाकुराहरु भन्ने बातावरण श्रृजना गर्नु अभिभावकको कर्तव्य हुन आउछ ।
    किशोरावस्थामा कतिपय किशोरीहरु माथि यौन शोषण तथा दुव्र्यवहार भएका घटनाहरु बाहिर आएका छन् यस्तो हैन की किशोरहरु माथि यौन शोषणनै हुदैन । संख्यात्मक हिसाबमा कम होला तर बालक तथा किशोरहरुमाथी पनि यौन शोषण हुन सक्छ । परिवार, नातेदार आफन्त या समुदायमा यस्ता घटनाहरु भैरहेका हामिहरुले यदाकदा सुन्छौं । तर पनि नसुनिएका यस्ता अनगिन्ती घटना छन् जो लाज तथा ग्लानीका कारणले भन्न सक्दैनन् र परिवारले पनि छोरा मान्छे त हो भनेर बेवास्ता गरिएको पाईन्छ। आफुभन्दा ठुलो महिला या पुरुषहरुले बालक या किशोरहरुलाई यौन आशक्तीले हेर्ने असहज छुने तथा यौन व्यवहार देखाउने घटना नदेखिएको पाटो हो समाजको ।

    १८ बर्षका भरत जो हाल खुलेर यौनिक तथा अल्पसंख्यकको मुद्धामा लागेका छन्, उनको कथा पनि कम पिडादायक भने छ्रैन । ”मलाई थाहा थियो, म अलि फरक छु, छोरी जस्तै तर यो कुरा मैले बुझ्नु भन्दा पैलेनै म आफ्नो सानो बुवाबाट यौन दुव्र्यवहार भोगिसकेको थिएं । मैले मेरो दाजुलाई बताउने कोशिष गरें तर उल्टै उसले मेरो यौनिक ब्यवहारको मजाक बनायो, त्यसपछी मैले कसैलाई बताउने प्रयास गरिन, उनि आउदा घरको सानो मान्छे मलाई उनि संगै सुत्न भन्थें तर म नाँई पनि भन्न सक्दैनथें ।
    काठमाण्डौ भित्रैपनि मनोरञ्जनका क्षेत्र भनिने स्थल डान्सबार मसाज पार्लर लगायतका स्थानमा किशोरीहरु संगै बालक तथा किशोरहरु पनि जोखिमपुर्ण अवस्थामा रात्रीकालिन समयमा काम गर्छन् र कतिपय बालक तथा किशोरहरु यौनव्यवसायीको रुपमा नजानिदो हिसावमा काम गर्न बाध्य भैरहेका छन् ।नेपाल मात्र नभएर विश्वका थुप्रै अन्य विकास उन्मुख देशमा बाल यौन दुराचारको समस्या रहेको जानकारहरू बताउँछन्।नेपाल लगायत अन्य त्यस्ता मुलुकमा जीवनयापन गर्न सस्तो पर्ने र प्राविधिकरूपमा पनि यस्ता मुलुक पछि रहेका कारण प्रहरी प्रशासनले आफ्ना गतिविधि सहजै पत्ता लगाउन नसक्ने हुँदा दुराचारीको रोजाइमा पर्ने गरेको पाइने उनीहरूको बुझाइ छ।अर्को महत्त्वपूर्ण पाटो नेपालीहरूको कमजोर आर्थिक अवस्था रहेको जानकारहरूको जिकिर छ।प्रहरी अनुसन्धानका अनुसार अधिकांश त्यस्ता घटनामा दोषी पाइएकाहरूले पीडित तथा उनका परिवारलाई आर्थिक प्रलोभनमा पार्ने, आम नेपालीले सहजै पूरा गर्न नसक्ने खाले आवश्यकता पूरा गरिदिने र कतिपय अवस्थामा विदेश समेत घुमाउने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

    त्यस बाहेक विभिन्न किसिमका नेटवर्कको प्रयोग गरेर बालकको अश्लील तस्बिर र भिडियो समेत एक अर्कासँग आदाप्रदान गर्ने गरेको जानकारहरू बताउँछन्।प्रहरीले पक्राउ गरेका अधिकांश विदेशी प्राविधिक रूपमा सबल हुने हुँदा उनीहरूले इन्टरनेटको प्रयोगद्वारा हुने यस्ता गतिविधि सहजै पहिचान गर्न नसकिने पनि कटुवालले जानकारी दिए।

    कानुनी प्रावधान
    मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ। निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ।बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालकको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।
    साथै कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ।तर प्रहरी अधिकारीका कुरा मान्ने हो भने नेपालमा यौन दुराचारको सजाय अन्यत्र भन्दा कम छ। यौन दुराचारीले नेपाल रोज्नुको कारण पनि त्यही भएको उनीहरू बताउँछन्।अझ ईन्टरनेटको पहुाच बढे संगसंगै बालबालिका तथा किशोरहरु अनलाईनबाटै जोखिममा पर्ने सम्भावना पनि उत्तिकै ज्यादा हुन्छ ।

    मनोबिमर्षकर्ता शुसिला खकुरेलका अनुसार ,”बालकहरुमा मस्क्युलिनि हुनु पर्ने र पिडा दवाउनु पर्छ र लुकाउनु पर्छ भन्ने मानसिकताले पनि उनिहरु माथि भैरहेको ज्यादती खप्न बाध्य भैरहेका छन् । यौन सम्बन्धि कौतुहलता र गलत अनि अपुरो शिक्षाले पनि उनिहरु माथि बिभिन्न तरिकाले यौन ंिहंशा भैरहेको छ ।”
    अतः बालबालिकाका सवाल भनेर बिभिन्न योजनाहरु ल्याउनु भन्दा पैले बालक र बालिकाले भोगिरहेका फरक अवस्थालाई मध्यनजर गर्दै तत् तत् अनुसारको समाधानका उपायहरु ल्याउन जरुरी देखिन्छ ।
    पाठ्यक्रममा चलचित्रका बिषय सम्म अटाउन सक्ने शिक्षा क्षेत्रमा बृहतरुपमा यौन शिक्षाको पढाई नहुनु एउटा ठुलो चुनौती रहेको छ । अर्कोकुरा बालक तथा किशोरहरुलाई दिनुपर्ने ज्ञानमा अभिभावकको भुमिका एकदमै सकारात्मक हुनु अत्यावस्यक छ । असल–छुवाई खराव–छुवाईका कुराहरु, किशोरावस्थाका परिवर्तन र यसलाई सामान्य रुपमा लिनको लागी दिईने जानकारीहरु, सभ्य र सुसंस्कृत बन्ने, अरुमाथि हिंशा तथा शोषण नगर्न तथा अरुको शोषण बिरुद्ध आवाज उठाउन समेत सिकाउन जरुरी छ । साथै अभिभावक, शिक्षक, सामाजिक अभियन्ता या जो कोहिले पनि बालबालिकामा बिशेषगरी बालिका केन्द्रीत निगरानी मात्र राखिरहेको सवालमा हाम्रै वरपर बालकहरु माथि भैरहेको बिभिन्न हिंशा शोषण दुव्र्यवहार अझ लुकेर रहेको यौन शोषण तथा दुव्र्यवहारका बिषयमा जनचेतना फैलाउदैे र सजग र जिम्मेवार हुन र बनाउन जरुरी छ ।(आशिष दुलालले बिभिन्न अभियानकर्ता तथा बालकहरुसंग गरेको कुराकानिमा आधारीत)

    फेसबुक प्रतिक्रिया