• निशेधाज्ञामा भोकाहरुको ‘अन्नदाता’ बन्दै रेन्बो

    १२ भाद्र २०७७, शुक्रबार


    तिन जना युवा जम्मा हुन्छन् अनि दाल भात आल्मुनियम पेपरमा प्याक गर्छन् र मोटर साईकल स्टार्ट गर्छन् सुरु हुन्छ उनिहरुको ”खाना खुवाउने कार्यक्रम” ।


    कोरोनाले दिनदिनै संक्रमीतको संख्या बढाउदै छ, सरकारले खासै तल्ला वर्गका ब्यक्तीहरुको लागी यस्तो परिस्थितीमा राहत प्याकेज ल्याउन सकेको छैन। श्रमिक, सर्वहारा, मागेर गुजारा गर्नेहरुलाको मुखमा माड लगाउन सक्ने अवस्था छैन यस्तो परिस्थिती देखेर मुलपानी, काठमाण्डौंमा अवस्थित रेन्बो भोल्युनियर क्लबले खाना खुवाउने मोवाईल क्याम्प नै चलाईरहेको छ ।


    ५०० भन्दा बढि सदस्य भएको उक्त क्लबमा हाल कोभिड-१९ का कारण थोरै मात्र सदस्यहरु भेला हुन्छन् र दाताबाट उठेको रकमले खाद्धान्न पकाएर, प्याक गरेर, मुलपानि, जडिबुटी, कोटेश्वर, सातदोबाटो, स्वयम्भु क्षेत्रका, बसोवास बस्तीहरुका अभाव भोगिरहेका ब्यक्तीहरुलाई मात्र हैन, सडकमा भोकै-प्यासै रहेका टाफिक प्रहरीहरुलाई पानि समेत पिलाउन उनिहरु खटिईरहेका छन् । उनिहरुले सडकमा भेटिएका असहाय तथा भोका व्यक्तीहरुलाई बिगत २४ दिन देखि १५० देखि २०० जनालाई दैनिकरुपमा खाना खुवाईरहेको क्लबका एक सदस्य मदन पौडेलले हरेक खबरलाई बताए ।

    फेसबुक प्रतिक्रिया