• लकडाउनमा लहलह तरकारी, आफ्नै रोजगारी

    ११ भाद्र २०७७, बिहीबार


    काभ्रेको पाचखाल लुईटेल टोलका निराजन लुईटेल भण्टा टिप्नमै ब्यस्त थिए । निशेधाज्ञा र लकडाउनको कारणले पोहोर भन्दा कम कृषक तरकारी खेती तर्फ आकर्षीत भैरहेका बेलामा लुुईटेल परिवारले भने करिब ६ रोपनीमा भण्टा, टमाटर, करेला, लौका आदी रोपे लकडाउन भए लगतै । आज तिन महिनाका बिचमा २००० किलो भन्दा बढि भण्टा बजार पुगिसकेको छ भने लौकाका चिचिला र टमाटरका फूल लोभलाग्दा देखिएका छन् ।


    करिव ३० हजारको लगानीमा सुरु गरेको पारिवारिक तरकारी खेतिबाट यो सिजनमा पाँच देखि सात लाख सम्मको कमाई हुने अपेक्षा निराजनले लिएका छन् । पानि परिरहेकाले भण्टालाई फाईदै भएको तर टमाटरलाई भने हानी हुन सक्छ निराजनले भने ।


    बिपत्तीको समयमा सुरक्षितरुपमा गाँउघरमै कृषी ब्यवसाय गरेमा देशमै आत्मनिर्भरताको बाटो तर्फ लाग्न सकिने र भोलिको दिनमा स्वदेश फर्कने अन्यको लागि समेत प्रेरणा हुन सक्ने उनले बताए । सामाजिक कार्य र आफ्नै ब्यवसायमा समेत संलग्न लुईटेलले अबको भविस्य कृषी क्रान्तीको भएको भन्दै बिपत्तीको सामना गरेर अर्थतन्त्रलाई पुनः सक्रीय बनाउन ग्रामिण क्षेत्रमा पर्यटन तथा कृषी व्यवसायमै लाग्नको लागि जोड समेत दिए ।


    निराजन भन्छन्, कोरोना संग डराएर बस्नु भन्दा सुरक्षित हिसावले गाउघरमा खेतिपाती गर्नु सबै हिसावले फाईदै छ, सुन फुल्दै छन्, फल्दै छन् ।

    फेसबुक प्रतिक्रिया