• मोफसलकी कान्छी फेसन डिजाईनरका कथा ‘कुमुदा’

    २८ श्रावण २०७७, बुधबार


    सदिक्षा गौतम (२२), चितवनकी आषा लाग्दी फेशन डिजाईनर हुन् । उनलाई उनका अभिभावकले ल्याब टेक्निसियन पढाए तर उनको मन फेशन र डिजाईन संगै अडिएको थियो । उनको अथक प्रयास पछि उनले आफ्नो पढाई बिचमै छोडिन् र लागिन् काठमाण्डौ स्थित मोडेल कलेजमा फेशन डिजाईनको कोर्ष गर्न । अध्ययन पश्चात केहि गार्मेन्ट्स कम्पनिले उनलाई कामको लागि प्रस्ताव पनि गरे । अर्को तर्फ बलिउडमा संघर्ष गरिरहेकी आफ्नी दिदी संगै गएर उतै काम गर्ने उनको लागि दुईवटा बाटा थिए तर उनले तेश्रो बाटो रोजिन् र नारायणगढमै सुरुवात गरिन् कुमुदा बुटीक । आज हामिले सदिक्षा गौतम संग कुराकानि गर्ने प्रयास गरेका छौं ।


    यहालाई स्वागत छ ।
    धन्यवाद, सर ।


    फेसन डिजाईनको भविस्य कस्तो छ ?
    नेपालको हकमा कुरा गर्ने हो भने हामि बिस्तारै बिस्तारै अगाडी बढ्दै छौं । विश्व बजारमा यसको राम्रो पहिचान र ख्याती छ तर नेपालमा भने मोडलिंग, चलचित्र र अन्य रंग क्षेत्रमा यसले आफ्नो स्थान जमाउदै छ । आम युवा जमातमा फेसन प्रतिको लगाव बढ्दो छ। बिस्तारै फेसनेवल हुने र डिजाईन गरिएका कस्टुमस्, ड्रेसको रोजाई तर्फ उन्मुख हुदै छन् । बिशेष राजधानी केन्द्रीत बजार भएता पनि यसको भविस्य भने सुन्दर मान्न सकिन्छ ।


    अहिले त कोरोनाको माहामारी छ नी, यसले कस्तो असर पार्दैछ?
    अब यसको असर बिश्वभर र हरेक ब्यवसायमा परेको छ । फेसनको दुनियामा पनि पक्कै यसको असर छ नै तर हामि पुन उदाउने छौं, बिस्वास छ । सुरक्षीत भएर यस्तो बेलामा मैले नया नया डिजाईनहरु स्केच गर्ने र तयार पार्ने काम गरिरहेको छु । घरबाटै अर्डर गर्नेहरुलाई तिज र दसै तिहार लक्षित गरेर महिलाहरुको आकर्षक पहिरनहरु पनि उपलब्ध गराउने प्रयासमा छु । यसको लागि अनलाईन प्रोमोसन, मोडलहरुको फोटो सुट आदी काम भैरहेका छन् ।
    तिज आउदै छ, यसपालीको तिज पहिलेको जस्तो उल्लास त नहोला, ब्यापार होला त?
    पक्कै कम त हुन्छ नी, तर घरमै बसेर तिज लगायतका चाढ पर्व मनाउनेको भने कमि छैन, अर्डरहरु आईरहेका छन् । कुमुदाले चितवनका महिला दिदि बहिनीहरुलाई पक्कै अलिकती भएपनि खुसी बनाउने नै छ ।


    यति सानो उमेरमा फेसन डिजाईनर बन्नु भएको छ, पत्याउछन्?
    पत्याईराखेका छन्, काठमाण्डौमा पनि केहि समय अघि मैले आफ्नो डिजाईनको सो मा भाग लिएको थिएं । यहा पनि राम्रो प्रतिकृया आईरहेको छ । मेरो दिदि बहिनी र आमाले पनि साथ दिनु भएको छ । म कुमुदा बुटिकको राम्रो बातावरण भैसके पछी नेपाली चलचित्र तथा अन्य ग्ल्यामर क्षेत्रमा राम्रो पहिचान हुने गरि फेसन डिजाईनर बन्ने छु र नेपालीपनले भरिएको फेसन सो समेत गराउने योजनामा छु । गर्दै जाँदा खारिने छु ।


    अन्त्यमा के भन्न चाहनुहुन्छ?
    म सबैलाई कोरोनाको त्रास बाट जोगिऔं, घरमै बसौं, सुरक्षित बनौं भन्छु र चितवन आसपासको महिला दिदिबहिनीहरुलाई कुमुदा बुटिकको डिजाईनहरु फेसबुक पेजमा गएर हेरिदिन र मन परेमा अर्डर गर्न पनि अनुरोध गर्छु, मोफसलमा कान्छी डिजाईनरलाई हौसला दिनुहोला भन्छु, धन्यवाद ।

    फेसबुक प्रतिक्रिया