• ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलको निर्देशनमा नायीका साम्राज्ञी

    २३ श्रावण २०७७, शुक्रबार

    कलाकार माथी भएको दुव्र्यवहारका सवालमा बोलेर एकाएक चर्चा अनि भुवन केसी र अनि बिच भएको बिवाद चुलिमा पुगेको समयमा कतिपय चलचित्रकर्मीले नै उनलाई पत्तासाफ गराउने अभिव्यक्ती दिईरहेको बेलामा उनि नया चलचित्रमा अनुबन्धित भएकी छिन् ।

    फिल्ममा साम्राज्ञीसँगै नायिका आना शर्मा र ‘प्रेम गीत ३’ डेव्यु नायक मनिष राउत मुख्य भूमिकामा रहनेछन् ।
    फिल्मको निर्देशन ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्नेछन् । पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् ।
    नाम तय हुँन बाँकी फिल्मलाई सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।
    युवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘ कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखि काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ ।

    फेसबुक प्रतिक्रिया