• ”ईनफ ईज ईनफ” का अभियन्ताहरु पक्राउ, ऐक्यबद्धता जनाउन पुगे कमल थापा

    १६ श्रावण २०७७, शुक्रबार

    अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको बताएको छ ।

    बालुवाटारमा सामाजिक दूरी कायम गरेर कोरोना महामारी रोकथाममा ध्यान दिन शान्तिपूर्ण दबाब दिने तयारी भइरहेका बेला पक्राउ गरेको अभियानले विज्ञप्ति निकालेर जनाएको छ । पक्राउ परेका कतिपय सडकमा हिँडिरहेका बेला र पसलमा सामान किनिरहेका बेला पक्राउ परेको पनि अभियानले जनाएको छ ।

    सरकारले आफूहरुको शान्तिपूर्वक भेला हुन पाउने अधिकारको हनन गरेको अभियानको भनाइ छ । ‘के लोकतन्त्र मरिसक्यो’ अभियानद्वारा जारी विज्ञप्तिमा प्रश्न गरिएको छ ।
    अभियानमा एक्यबद्धता भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनरत युवाहरुसंग सरकारले गरेको सम्झौता कार्यान्वयन होस्, शान्तिपूर्ण आन्दोलनमा सरकारी हस्तक्षेप निन्दनीय छ भनेका छन् । उनले कोरोना प्रकोप बढ्दै गएको र सत्याग्रहीहरुको स्वास्थ्य स्थिति दृष्टिगतगरी सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आग्रह समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया