• नेकपा गुटको गन्ध: मकवानपुरमा प्रधानमन्त्री देखि मुख्यमन्त्री सम्मकै उपेक्षा

    ११ श्रावण २०७७, आईतवार

    नेकपा मकवानपुरकी आमा, कम्युनिष्टहरुको सेल्टर दाताको रुपमा चर्चित नेकपा मकवानपुरकी जेष्ठ कम्युनिष्ट मञ्चकी सदस्य बालकुमारी थापाको १३ औं दिनको पुण्य तिथीमा नेकपा मकवानपुरको श्रद्धान्जली शभामा गुटको रुप देखिएको छ ।
    माधव नेपाल र प्रचण्ड टिमले नेतृत्व लिएको उक्त सभामा अतिथि आसन ग्रहण समेत गुटबन्दी देखिएको थियो । केन्द्रिय सदस्य रहेका मुख्यमन्त्रीलाई अर्का केन्द्रिय सदस्य विरोध खतिवडा भन्दा पछि मात्रै आसन ग्रहण गराइएको थियो ।
    मुख्यमन्त्रीलाई बोल्नै दिइएन भने कार्यक्रममा यस्तै ओली पक्षधर मानिने नेताहरुलाई मन्तव्य समेत राख्न नदिएको सभामा सहभागी नेताहरुले बताएका छन् । यस्तै बागमती प्रदेशका मुख्यमन्त्री रहेका नेकपाका केन्द्रिय सदस्य डोरमणि पौडेललाई मन्तव्यको लागि समय नै दिइएन । सरकारको उच्च ओहोदामा रहेका पौडेल बोल्न नपाएपछि थुप्रै नेता कार्यकर्ताहरु रिसाएका थिए । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना पत्र लाई समेत उपेक्षा गरिएको केहि नेता कार्यकर्ताले बताएका छन् । सामाजिक सञ्जालमा ”जस्तो केन्द्र उस्तै प्रदेश र जिल्ला” भन्दै धेरैले यसको आलोचना समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया