• परेवा भिरको प्रेशरः मुख्य मन्त्रीको राजिनामा सम्मको चर्चा

    ८ श्रावण २०७७, बिहीबार


    बागमती प्रदेश अन्तर्गत मकवानपुरको मनहरी नजिकैको परेवाभीर खण्डमा बाटो नहुनाले सर्बसाधारणले सास्ती खेप्दै आईरहेका छन् ।
    मुख्यमन्त्रीले परेवाभीरमा बाटो नबन्ने सार्बजनिक रुपमै अभिब्यक्ति दिएपछि यतिखेर राक्सिराङ, कैलाश क्षेत्रका बासिन्दा आक्रोशित भएका छन् । यसै बिचमा बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले मुख्यमन्त्रीको राजीनामा मागिएको वा अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने बिषय आफ्नो बिषय नरहेको स्पष्ट पारेका छन् ।

    राक्सिराङ गाउँपालिका वडा नं ४ मा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आइरहेका प्रदेश सांसद ग्लानले सदनमै परेवाभीरबाट मान्छे मरेमा बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की समेत दिएका थिए ।

    फेसबुक प्रतिक्रिया