• सती प्रथा अन्त्य भएको १०० बर्ष पुरा, अझै जल्दै छन् महिलाहरु बिभिन्न नाँउमा

    २५ असार २०७७, बिहीबार
    • १०० बर्ष बित्यो , सती प्रथाको नाँउमा महिलालाई जिउदै जलाएर मार्न बन्देज लगाईएको छ ।
    • उसले उनकै अगाडी सिसि खोल्यो र अनुहारमा छ्यापिदियो, उनले के हुँदैछ भनेर थाहा पाउनु अघिनै उनको अनुहार भतभती पोल्न थालिसकेको थियो ।
    • जव आफुलाई उच्च र प्रभुत्व संझने पुरुषले आफ्नो सम्पर्कमा भएको कोहि महिलाबाट ‘नाई’ भन्ने सब्द सुन्छ, उसको ‘म्यान ईगोमा हर्ट ‘भएर उसले बलात्कार तथा एसिड छ्याप्ने जस्ता घटना गरिरहेको प्रवृत्ती देखिएको छ ।
    • निर्मला पन्त पढेर आँउदा आफ्नै गाँउमा बलात्कारमा पर्छिन् , चरिमाया तामांग घाँस काट्न जाँदा अपहरणमा परेर बम्बैको बेश्यालयमा बेचिन्छन्, बिन्दबासिनी कंशाकार र मुस्कान खातुनहरु प्रेम अस्विकार गरेको भन्दै तेजाब छ्यापिन्छन् र अझै जलिरहेका छन् भने १९७७ असार २५ गतेबाट पुर्णरुपमा उन्मुलन भएको सती प्रथा १०० बर्ष पछि पनि अझै भयानक रुपमा ब्याप्त छ, जिँउदै छ फरक नाँउमा ।

    आज २०७७ असार २५ गते, आज भन्दा १०० बर्ष अगाडी १९७७ असार २५ गतेको दिन तत्कालिन श्री ३ चन्द्र शमशेरले सती प्रथा अन्त्य गरेका थिए ।
    सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । बि सं १९१०मा जङ्गबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । जङ्गबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।
    सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ ‘असल पत्नी’ हुन्छ ।
    महिलालाई पतिको मृत्यु पश्चात स्वर्गमा वास हुन्छ भन्ने हवाला दिँदै जिउदै जलाएर मार्ने एक बर्वर कुप्रथा हो सती प्रथा ।यस बिषयमा कृष्ण धराबासीले आफ्नो कथा झोलामा गहिरिएर लेखेका छन् जुन चलचित्रको रुपमा समेत प्रर्दशनमा आईुसकेको छ ।
    १०० बर्ष बित्यो सती प्रथाको नाँउमा महिलालाई जिउदै जलाएर मार्न बन्देज लगाईएको छ ।

    के हामि माझमा सती प्रथाको अवशेष बाँकि छ कि छैन त ?
    आज २१औ सताव्दी भनेर जति सुकै फुर्ती लगाएपनि बिश्वभर नै महिला माथीको बिभेद व्याप्त छ । अझ नेपाल जस्तो दोश्रो बिश्वको त कुरै नगरौं । १०० बर्ष पछि पनि पहिचान पछिको भ्रुण हत्या, जन्म पश्चातको हत्या, बलात्कार, मानव बेचविखन, दाईजो तथा प्रेमको वहानामा आगो लगाएर तथा तेजाव छ्यापेर जलाउने र अंगभंग गर्ने क्रम झनै ब्याप्त छ ।

    एसिडको घाउ निको हुदैछ तर सरकारको उपेक्षाले अझै चहरहाउदै छ भन्छिन बिन्दबासिनी कंशाकार!

    सलमा बसिरहेकी बिन्दबासिनीको पसलमा अचानक उनि महको सिसि बोकेर आईपुग्छन् । उनि अर्थात राज केशरी जसले उनलाई एक बिवाह समारोहमा देखे पछि मनपराएको भन्दै पच्छ्याउदै आईरहेका थिए।

    एसिड आक्रमणमा परेपछि बिन्दबासिनी कंशाकार

    हजुरआमाको लागि केहि कोसेलि होला भन्ने सोचेर उनले सहजरुपमा हेरिरहिन् तर उसले उनकै अगाडी सिसि खोल्यो र अनुहारमा छ्यापिदियो, उनले के हुँदैछ भनेर थाहा पाउनु अघिनै उनको अनुहार भतभती पोल्न थालिसकेको थियो । अतालिदै माथिल्लो तल्लामा आफ्नो बुवा भएको स्थानमा पुगेपछि थाहा लाग्यो । उक्त व्यक्तिले एसिड छ्यापेर भागेको रहेछ ।

    नेपालमा धेरै ब्यक्तिहरु एसिड आक्रमणबाट पिडित भएको नभएतापनि भारतिय आपराधिक मनोवृत्तीको सिको गरेर ज्यादा जसो महिला तथा किशोरी माथि एसिड प्रहार भएका घटनाहरु भेटिएका छन् । भने वालबालिका तथा पुरुषहरु माथि पनि एसिड प्रहार नभएका भने होइनन् । अम्ल फ्याक्नु वा अम्ल आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले उसको शरीरमा एसिड (अम्ल) फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो । अम्ल फ्याँक्दा विशेषत मानिसको अनुहारमा फ्याल्ने गरेका घटना बढी पाइन्छ । यो घटनाबाट महिलाहरू बढी पिँडित भएको कुरा महिला अधिकारकर्मीहरू बताउँछन् । अम्ल आक्रमणले पिँडितको छालाको तन्तु सखाप पार्न सक्छ भने हाड-जोर्नीमा समेत गहिरो प्रभाव पार्दछ । अम्ल फ्याँक्ने निर्मम अपराध गर्न मानिसहरू सल्फ्युरिक वा नाइट्रिक अम्लको सहारा लिन्छन् । अम्लको आक्रमणबाट हुने दिर्घकालिन समस्यामा अन्धोपन, शरिर र छालामा कहिले नमेटिने दाग बस्ने जस्ता शारिरिक समस्या देखिन्छन् भने समाजमा पनि पिँडितहरूलाई घृणाको नजरले हेर्ने गरिन्छ । अहिले अम्लको आक्रमण विश्वका धेरै ठाउँको समस्या हो । १९९० यता बङ्गलादेशमा महिला विरूद्ध यो अपराध आकासिँदो स्थितिमा रहेको कुरा विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । १९९९ र २०१३ बिचमा ३,५१२ बङ्गलादेशी नागरिकहरू यो अपराधको चपेटामा परेको पाइयो ।स्रोत नखुलेको यद्यपी यूरोप सहित अम्ल आक्रमण विश्वभरी जहाँ पनि घट्ने घटना हो तर यसको प्रभाव दक्षिण एसियामा विशेष रहेको छ ।
    हेटौडाकी स्थानिय बिन्दबासिनी कंशाकारसंग जव ति राज केशरी भनिने व्यक्तिले भेटे, सुरुवातमा उनलाई सामान्य नै लाग्यो तर पछि बिस्तारै आफुलाई मनपराउने र टर्चर दिन खोजेको महशुष गरे पछि उनले सम्पुर्ण वृतान्त आफ्नो बुवालाई बताईन । १९ बर्षको किशोरवस्थामा सधै क्याम्पस पढ्न जाँदा बिहानै पच्छ्याउने उक्त व्यक्तिबाट छुटकारा पाउन बिन्दवासिनीले आफ्नो सिम कार्ड समेत फेरिन् तर ति ब्यक्तिले पसलमै आएर धम्की दिए उनका बुवा पसलमा आईपुगेकाले औपचारिकता निभाएर निस्कीयो, बिन्दबासिनीका बुवा जो भाँडा पसल व्यापारी हुन्, उनले आईन्दा पसलमा नआउन भनेर उनलाई पठाए । जव केहि दिन पछि उ आयो उसको हातमा महको सिसि थियो र पसलमा उनि मात्र एक्लै थिईन् उक्त मौकाको फाईदा उठाएर उसले अनुहारलाई ताकेर छ्यापिदियो । बुवाले उक्त व्यक्तिले एसिड छ्यापेर भागेको थाहा पाएपछि कोहि उक्त व्यक्तिलाई खोज्न लागे ।बुवाले बाथरुममा लगेर पानिले एसिड पखालिदिए पश्चात उनलाई अस्पताल लगियो । जलन भएको छालामा तथा आखामा तत्काल उपचार भए पश्चात बाहिर आँउदा पत्रकारहरुको बाक्लै उपस्थिती थियो । बिन्दबासिनी शुन्य जस्तै भएकि थिईन् ।

    मुस्कान खातुन र बिन्दबासिनी कंशाकार

    उनि जस्तै बिरवीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी १५ बर्षीय छात्रा मुस्कान खातुन माथि एसिड प्रहार भयो । घरबाट विद्यालय जान लागेकी ती छात्रामाथि गणेशमान चोकनजिकै दुई युवकले आक्रमण गरेका थिए। पीडित र आक्रमणकारी सबै जना मुस्लिम समुदायका भएको बताइएको छ।ूअस्पताल आइपुग्दा एसिडले उनको अनुहारको आधा भाग, निधार, शरीर, छाती, हातखुट्टा आदि भाग निकै जलेका थिए। अहिले उपचार पश्चात आफ्नो अध्ययनलाई अगाडी बढाईरहेकि छिन् ।
    मनोविमर्षकर्ता सुशिला खकुरेल भन्छिन्, ”जव आफुलाई उच्च र प्रभुत्व संझने पुरुषले आफ्नो सम्पर्कमा भएको कोहि महिलाबाट ‘नाई’ भन्ने सब्द सुन्छ, उसको म्यान ईगोमा हर्ट भएर उसले बलात्कार तथा एसिड छ्याप्ने जस्ता घटना गरिरहेको प्रवृत्ती देखिएको छ । तर यो मात्रै ठोस कारण भने होईन।” उनि भन्छिन्, दाईजोको कारणले आज पनि परिवार अझ परिवारकै महिला सदस्यको मिलेमत्तोमा बुहारीहरु जिउदै जलाईनु पितृसत्तालाई सघाउने चिन्तन कै उपज हो भन्छिन् खकुरेल।
    अधिकारकर्मी तथा शक्ति समुहका संस्थापक चरिमाया तामांगका अनुसार पुरुषबादी सोच र पितृसत्तात्मक चिन्तनले नै यस्ता निकृष्ट बिभेद र अपराध भैरहेको बताउछिन् । यसका लागि महिलाहरुलाई सवल बनाएर मात्र पर्याप्त नहुने र समाजको आधा पाटो पुरुषहरुकै बिशेष भुमिका हुनेमा जोड दिन्छीन् ।
    अधिवत्ता दिलिप कोईराला भन्छन् कानुन आफ्नो ठाँउमा छ र हुनु पर्छ तर मुख्य कुरा निती भन्दा नैतिकता हुनु जरुरी हुनु पर्छ । पुजारी, स्थानिय नेता, शिक्षक, सबैले समाज परिवर्तनमा भुमिका खेल्नु पर्नेै र भाषणमा नभएर आफ्नो परिवारबाट नै यो कार्यको सुरुवात हुनु पर्ने कोईरालाको बिचार छ ।
    निर्मला पन्त पढेर आँउदा आफ्नै गाँउमा बलात्कारमा पर्छिन् , चरिमाया तामांग घाँस काट्न जाँदा अपहरणमा परेर बम्बैको बेश्यालयमा बेचिन्छन्, बिन्दबासिनी कंशाकार र मुस्कान खातुनहरु प्रेम अस्विकार गरेको भन्दै तेजाब छ्यापिन्छन् र अझै जलिरहेका छन् भने १९७७ असार २५ गतेबाट पुर्णरुपमा उन्मुलन भएको सती प्रथा १०० बर्ष पछि पनि अझै भयानक रुपमा ब्याप्त छ, जिँउदै छ फरक नाँउमा ।

    तेजाव आक्रमणकै घटनामा आधारीत लघु चलचित्र ‘गिलास’
    एसिड आक्रमण पिडित बिन्दबासिनी कंशाकार संगको कुराकानी आर्या फुटेजमा।
    फेसबुक प्रतिक्रिया