• लकडाउनको समयमा बालबालिका अनलाईनबाटै जोखिममा?

    ४ जेष्ठ २०७७, आईतवार

    बालबालिकाको अनलाईन सुरक्षा सम्बन्धि सचेतनामुलक भिडियो सार्वजनिक भएको छ ।

    बिशेषगरी लकडाउनको समयमा बालबालिका तथा किशोरकिशोरीहरु असुरक्षित तवरले फेसवुक टिकटक जता सामाजिक सञ्जाल चलाउने र ईन्टरनेटकै माध्यमले यौन शोषण तथा दुर्व्यवहारको जोखिम हुने भएकाले शक्ति समुहले उक्त भिडियोलाई बालबालिका तथा अभिभावकलाई लक्षित गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो ।महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय संगको समन्वय तथा फ्री अ गर्लको सहयोगमा शक्ति समुह तथा सुनौलो शिक्षा नेपालले उक्त भिडियो निर्माण गरेका हुन् ।
    बर्तमान समयमा सामाजिक सञ्जालले गर्दा नै बालबालिका हरु बिभिन्न हिंशा, शोषण दुर्व्यवहार तथा मानव बेचविखन तथा वाल अश्लिल चित्र जस्तो गम्भिर अपराधको जोखिममा पर्न सक्ने भएर यस्ता सचेतना मुलक सामाग्री रेडियो, टेलिभिजन, अनलाईन तथा पत्रपत्रिका मार्फत सचेतना फैलाईएको शक्ति समुहका अध्यक्ष चरिमाया तामांगले बताईन् ।

    शक्ति समुह मानव बेचविखन बिरुद्ध निरन्तर कार्यरत सामाजिक संस्था हो भने सुनौलो शिक्षा नेपालले वाल संरक्षण तथा बेचविखन प्रभावित पुरुषहरुको आवाजलाई उठान गर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया